Logo

२०८३, कार्तिक २७गते


images
images

रंगशालामा भागदौडका क्रममा इन्डोनेसियामा कम्तीमा १२७ जनाको मृत्यु

रंगशालामा भागदौडका क्रममा इन्डोनेसियामा कम्तीमा १२७ जनाको मृत्यु

images
  • रंगशालामा भागदौडका क्रममा इन्डोनेसियामा कम्तीमा १२७ जनाको मृत्यु
    images

    काठमाडौं । इन्डोनेसियाको पूर्वी जाभामा फुटबल रंगशालामा दंगा हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ । पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३–२ ले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरेका थिए । खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

    images
    images
    images

    सोही क्रममा भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा करिब १८० जना घाइते भएका छन् ।
    सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका भिडियोहरुमा खेल सकिएको जनाउमा सिटी बजिसकेपछि समर्थकहरु पिचमा दौडिएको देख्न सकिन्छ । उनीहरुलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यासबाट निसासिएका उनीहरुबीच भागदौड सुरु भएको थियो । भिडियोहरुमा प्रहरी र समर्थकहरुबीच घम्साघम्सी परेको समेत देखिन्छ ।

    images
    images
    images


    पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्ताका अनुसार घटनामा दुई जना प्रहरीको पनि मृत्यु भएको छ । ‘३४ जनाको रंगशालाभित्रै मृत्यु भएको हो । अरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,’ उनले भने । उनका अनुसार रंगशालामा अक्सिजनको कमि भएका कारण उनीहरुको मृत्यु भएको हो ।
    घटनाबारे इन्डोनेसियन फुटबल एसोसिएसनले अनुसन्धान थालेको छ भने यो घटनाले इन्डोनेसियन फुटबललाई 'कलंकित बनाएको' बताएको छ । घटनापछि यहाँकै मुख्य मानिने लिग बिआरई लिग १ एक साताका लागि रोकिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जाभामा फुटबल रंगशाला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।