लघुकथा : बा'को तस्बिर
मेरो विदेशको कमाई र बा'को स्वदेशकै मिहिनेतले हाम्रो लागि घर बनिसकेको थियो। घर बनाउने बेलामा बा'को साथी नजिकैको ठूलो रुख थियो। मेरो मरुभूमि ।
अहिले बा'को मृत्यु भइसकेको छ।त्यो रूख बुढो भएर सुक्ने अवस्थामा छ। रुखमा नवदुर्गाको पूजा गरेर बा'ले बाँध्नु भएको घण्टी देख्दा मेरो आत्मबल बढ्छ। घण्टी र रुखमा बा'को तस्बिर देख्छु। बाले मलाई छहारी दिनुभएको थियो भने , 'त्यो रुखले बालाई। 'म घण्टी र रुख दुवैलाई बा'को चिनोको रुपमा राख्न चाहन्छु छ। मनमा कुरा खेलाउँदै विस्तारामा पल्टिएँ।
मध्ये रातमा म जुरुक्क उठेर विस्तारमा बसेँ। सपनामा सुनेको घन्टीको आवाज र बा'का शब्दहरू मेरो मस्तिष्कमा गुँन्झिए।
अहिले रुखको काठबाट नवदुर्गाको मन्दिर बनेको छ भने, घण्टी र बाको तस्बिर मन्दिरमा सझाएर राखेको छु।
- नारायण कोइराला
तानसेन पाल्पा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology