देवदह । रुपन्देहीको क्षेत्र नम्बर १ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि देवदहको शितलनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यालय उद्घाटन कार्यक्रममा रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत कृष्णराज कोइराला, रुपन्देही प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, देवेन्द्रराज आचार्य, रुपन्देही जिल्ला अधिकृत शोभाखर खरेल, अयोध्या प्रसाद भण्डारी, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधिको लगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology