Logo

२०८३, कार्तिक २७गते


images
images

संविधान उल्ट्याउने प्रतिगामी कसरत जारी छ : महरा 

संविधान उल्ट्याउने प्रतिगामी कसरत जारी छ : महरा 

images
  • संविधान उल्ट्याउने प्रतिगामी कसरत जारी छ : महरा 
    images

    बुटवल । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले पनि संविधान उल्ट्याउन प्रतिगामीहरूको कोशिस जारी रहेको बताएका छन् । नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाए ।

    images
    images
    images

    शनिबार रुपन्देहीको लुम्बिनीमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सभामुख समेत रहेका महराले भने, ‘संविधान कार्यान्वयन गर्न नचाहने तत्वले राष्ट्रपतिलाई प्रयोग गरेर नागरिकता विधेयक प्रमाणीकरणमा अवरोध गरेका छन्, यो राष्ट्रको हित विपरित छ ।’ संविधानको रक्षाको लागि परिवर्तनकारी शक्ति एकजुट हुनुपर्ने उनले भनाइ छ ।1664626814518.jpg

    images
    images
    images

    अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षा र प्रतिगमनलाई परास्त गर्ने एकीकृत शक्ति भएको उल्लेख गर्दै  उनले संविधान जोगाउन गठबन्धन आवश्यक रहेको ठोकुवा गरे । 

    images
    images

    कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल (बलदेव), केन्द्रीय सदस्य हकिकुल्ला खाँ लगायतले बोल्दै आगामी चुनावमा गठबन्धनको सहज जित हुने दाबी गरे । 

    कार्यक्रममा एमाले, जनमत पार्टी, जसपा लगायतका पार्टीबाट तीन हजार नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको पार्टीका रुपन्देही संयोजक निर्मल जिसीले बताएका छन्  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।