Logo

२०८३, आश्विन ११गते


images
images

आज असोज १५ गते  शनिवार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज असोज १५ गते  शनिवार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • आज असोज १५ गते  शनिवार, श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७९ असोज १५ गते शनिवार । तदनुसार १ अक्टोबर २०२२ । श्री शनिदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images

    मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुने छैन । मन अशान्त भई रहनेछ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुनेछ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । 

    images
    images
    images

    बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउनेछ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जाने छैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ । 
    वृष राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने $ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

    images
    images
    images

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    धन आर्जन गर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्ण सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् । 

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    मनमा असन्तोष बढ्नेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् । 

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    स्वास्थ्य राम्रो रहनेछ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मिल्नेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ । 

    कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुनेछ । अध्ययनमा रुचि घट्नेछ । शत्रुपक्ष वलवान हुनेछन । 

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति बढ्नेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ । 

    वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार बढ्नाले दुराचारको भावना जाग्रित हुनेछ । 

    धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेको छ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ । 

    मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउनेछ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ । 

    कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    धनलाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ । 

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) 
    व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
    मीन राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शनिदेवको दर्शन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।