Logo

२०८३, कार्तिक २६गते


images
images

शहीद लखन गाउँपालिकाले प्राङ्गारिक मलबारे कृषकलाई तालिम दिने

शहीद लखन गाउँपालिकाले प्राङ्गारिक मलबारे कृषकलाई तालिम दिने

images
  • शहीद लखन गाउँपालिकाले प्राङ्गारिक मलबारे कृषकलाई तालिम दिने
    images

    राजेश पराजुली, गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाले पालिकाभित्रका अगुवा किसानलाई प्राङ्गारिक मल बनाउने तालिम प्रदान गरेको छ ।गाउँपालिकाको अर्गानिक उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पालिकाभित्रका ७१ अगुवा किसानलाई तालिम दिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । 

    images
    images
    images

    “रासायनिक मलको प्रयोगबिना गाउँमा खेतीपाती नै नहुनेजस्तो अवस्था भइसक्यो”, उनले भने, “स्थानीय सरकारले अब किसानलाई प्राङ्गारिक मलको प्रयोग गर्न प्रेरित गर्नुपर्छ भन्ने उद्देश्य तालिम सञ्चालन गरिएको हो ।”तालिम तथा अभिमुखीकरण कार्यक्रममा पालिकाभित्रका नौ वटै वडाका अगुवा किसान समेटिएको रमेशबाबुले बताए । 

    images
    images
    images

    रासायनिक मलको प्रयोग बढ्दै जाँदा माटो पनि बिगँदै जाने र उत्पादनसमेत विस्तारै घट्दै जाने अवस्था आएको भन्दै गाउँपालिकाले कृषकलाई प्राङ्गारिक मलको प्रयोगमा जोड दिन तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष थापामगरले बताए ।“रासायनिक मलको क्षणिक उत्पादन दिए पनि दीर्घकालीन रुपमा यसको प्रयोग फाइदाजनक हुँदैन उनले भने, “अब अर्गानिक उत्पादन बढाउन रासायनिक मलको प्रयोगलाई घटाउँदै प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन गर्न खोजिएको छ ।” 

    images
    images

    तालिममा एग्रीटेक मल्टीनेशल प्रालिका सञ्चालक डा विष्णुबहादुर थापाले किसानलाई प्राङ्गारिक मल बनाउने विधि र प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराएका थिए । 

    तालिममा सहभागी किसानले तालिमबाट सिकेको कुरालाई व्यवहार लागू गर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लखन गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।