Logo

२०८३, कार्तिक २७गते


images
images

मन्त्री विन्दु कुमार थापाद्वारा मन्त्री बनेदेखिको खर्च विवरण सार्वजनिक

मन्त्री विन्दु कुमार थापाद्वारा मन्त्री बनेदेखिको खर्च विवरण सार्वजनिक

images
  • मन्त्री विन्दु कुमार थापाद्वारा मन्त्री बनेदेखिको खर्च विवरण सार्वजनिक
    images

    राजेश पराजुली, पोखरा । मन्त्री विन्दु कुमार थापाले पत्रकारसँग कुरा गर्दै २०७४ सालदेखि हालसम्म आफ्नो बैंक खातामा हाल ४० लाख ७१ हजार २ सय ४९ रुपैयाँ ३९ पैसा जम्मा भएको जानकारी दिएका छन् ।

    images
    images
    images

    आज पत्रकार सम्मेलन गरी  आफू मन्त्री बनेदेखि हालसम्मको खर्च विवरण सार्वजनिक गरेका छन् ।

    images
    images
    images

    बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधाबाट जम्मा भएको बताएका छन् ।

    images
    images

    मन्त्री थापाले आफू निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा ५८ लाख २९ हजार ६६ रुपैयाँ ५२ पैसा खर्च गरेको सार्वजनिक गरे । 

    मन्त्री थापाले आफू निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा ५८ लाख २९ हजार ६६ रुपैयाँ ५२ पैसा खर्च गरेको सार्वजनिक गरे । पोखरा महानगरपालिका-१६ हर्पाकस्थित कुरेचौरका बासिन्दालाई खानेपानीको सुविधा पुगेको छ । नाङले छहरो खानेपानी योजनाअन्तर्गतको जीर्ण पानी संकलन ट्याङ्की मर्मत गरेसँगै स्थानीयलाई खानेपानीको सुविधा पुगेको हो । 

    ३७ हजार पाँच सयको आर्थिक सहयोगबाट पानीट्याङ्की मर्मत गरेसँगै ३२ घरपरिवारलाई खानेपानीको सुविधा पुगेको स्थानीय उपभोक्ता रमेशराज आचार्यले जानकारी दिए । सेवा सुविधामार्फत विसं २०७८ चैतदेखि हालसम्म प्राप्त सेवा सुविधाको रकमबाट प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको प्याराग्लाइडिङको बन्द प्रशिक्षणका खेलाडीका लागि रु २५ हजार, पोखरा–१७ विरौटामा खानेपानी पाइप खरिद तथा विस्तारलगायत विभिन्न ३६ योजनामा रु ११ लाख ३६ हजार सात सय विनियोजन गरिएको मन्त्री थापाले आज प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।  

    पत्रकार सम्मेलनमा मन्त्री थापाले विसं २०७४ देखि हालसम्म राज्यका तर्फबाट आफ्नो नाममा बैंकमा जम्मा भएको रु ४० लाख ७१ हजार दुई सय ४९ आवश्यकतानुसार विकास निर्माण एवं सामाजिक कार्यमा विनियोजन गरेको उल्लेख छ ।सरकारी निवासको समेत सुविधा नलिएका मन्त्री थापाले निर्वाचित भएको पाँच वर्षको अवधिमा राज्यबाट प्राप्त बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा रु ४० लाख ७१ हजार तथा आफ्नो निजी रकम रु साढे १७ लाखसहित कुल रु ५८ लाख २९ हजार ६६ विभिन्न विकास निर्माणमा सहयोग गरेको बताए ।

    उनले आगामी निर्वाचनमा प्रदेशसभा सदस्यमा पार्टीले पुनः सिफारिस गरेको जनाउँदै निर्वाचित भएमा समाजका असहाय, विपन्न वर्गको पक्षमा काम गर्ने र नपाएमा पनि पार्टीको उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    मुलुकमा अनियमितता र भष्ट्राचार बढिरहेको वर्तमान अवस्थामा मन्त्री थापाले आफूले पाउने पारिश्रमिकसमेत विकास निर्माण र सामाजिक सेवामा समर्पित हुनु सबैका लागि उदारणीय कार्य भएको स्थानीय बासिन्दाको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।