Logo

२०८३, आश्विन १०गते


images
images

यस वर्षको मनसुन केही ढिलो बाहिरिने, दशैँ ‘हिले’ हुनसक्ने

यस वर्षको मनसुन केही ढिलो बाहिरिने, दशैँ ‘हिले’ हुनसक्ने

images
  • यस वर्षको मनसुन केही ढिलो बाहिरिने, दशैँ ‘हिले’ हुनसक्ने
    images
    images

    काठमाण्डाै । यस वर्षको मनसुन सरदर मितिभन्दा केही ढिलो बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् ।  मनसुन बाहिरिने मिति अक्टोबर २ तारिख भए पनि निर्धारित मितिभन्दा केही ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
    गएको वर्ष पनि मनसुन निर्धारित मितिभन्दा नाै दिन ढिला गरी अक्टोबर ११ तारिखमा बाहिरिएको थियो । अहिलेको अवस्थालाई हेर्दा अहिले मनसुनी गतिविधि निष्क्रियजस्तो देखिए पनि अबको केही दिनपछि मनसुन फेरि सक्रिय हुने सम्भावना छ ।

    images
    images
    images


    बङ्गालको खाडीमा न्यून चापीय प्रणाली विकास भएमा नेपालमा पनि पानी पर्ने सम्भावना रहिरहन्छ । त्यसकै कारण यस पटकको दशैँका मुख्य दिनहरूमा देशका विभिन्न भागमा मनसुनी वर्षा हुने सम्भावना छ ।  

    images
    images
    images


    अहिलेसम्मको मौसमी गतिविधिका आधारमा यसपालिको दशैँ हिले हुनसक्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । अहिले बङ्गालको खाडीमा विकास भइरहेको न्यून चापीय प्रणाली केही दिनमा पूर्ण बन्ने र त्यो नेपालको पूर्वी क्षेत्र हुँदै पश्चिमतर्फ लाग्दा पानी पर्ने सम्भावना देखिएको हो । अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको  छ । तर नियमित पानी पर्ने वा झरी भने परेको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनसुनी वायु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।