Logo

२०८३, कार्तिक २७गते


images
images

भेँडा च्याँङ्ग्रासँगै मासु पसलमा समेत पाेखरा महानगरकाे अनुगमन

भेँडा च्याँङ्ग्रासँगै मासु पसलमा समेत पाेखरा महानगरकाे अनुगमन

images
  • भेँडा च्याँङ्ग्रासँगै मासु पसलमा समेत पाेखरा महानगरकाे अनुगमन
    images

    पाेखरा । पाेखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिकाे नेतृत्वमा आज भेडा च्याङ्गाकाे अनुगमन गरिएको छ । पाेखराकाे याम्दिमा बेच्न का लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डाेल्पाबाट ल्याइएका भेडा र च्याङ्गा खानका लागि स्वस्थ र याेग्य भए नभएकाे जाँच गरिएको पाेखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पाैडेलले जानकारी दिए ।

    images
    images
    images

    अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्याङ्गा बिक्री नगर्न ब्यवसायीलाई जानकारी गराइएकाे महानगर पशु शाखा प्रमुख नवराज अधिकारले बताए ।

    images
    images
    images

    उनले १५ वटा भेडा, च्याङ्गाकाे स्याम्पल लिइएकाे र त्यसबाट स्वस्थ पाइएकाे र खान याेग्य रहेकाे पाइएकाे बताए ।

    images
    images

    उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ काेइरालाले भेडा च्याङ्गकाे मूल्य निर्धारण गर्नसके उपभोक्ता महंगो नपर्ने सुझाव दिए  । उनले  उपभोक्ताले खरिद गर्दा स्वस्थ छ कि छैन भन्ने ख्याल गरेर किन्नुपर्ने सुझाव दिए ।

    उनले मूल्य निर्धारण बैज्ञानिक नभएकाे बताउदै आगामी वर्षदेखि बैज्ञानिक मुल्य निर्धारणमा ध्यान दिन अनुराेध गरे । 

    पाेखरा महानगरकाे उपभोक्ता हित संरक्षण समितिका संयाेजक एंव पाेखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङकाे नेतृत्वमा एक साता अघिदेखि अनुगमन सुरु गरिएको थियाे ।

    पाेखराका मासु पसल र खाद्य पसलहरुमा अनुगमन सुरु गरिएकाे थियोे । अनुगमनका मुल्यसुचि नराखेकाे, ब्यवसाय दर्ता नचएकाे, दर्ता भएका पसलकाे नविकरण नभएकाे र किलाकाटा दर्ता नभएका तथा सरसफाइमा ध्यान नदिएकाे पाइएकाे कास्कीका सहायक प्रमुख जिल्ला अधिकार गुरुदत्त ढकालले बताए ।

    एक सातामा २० ब्यवसायिलाई ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएकाे उहाँले बताउनुभयाे ।पाेखरा महानगरलाई अनुगमन गर्ने अधिकार भएपनि जरिवाना गर्न पाउने व्यवस्था नभएकाले जिल्ला प्रशासन कार्यालय मार्फत जरिवाना गरिएको हाे । 

    अनुगमनमा पाेखरा महानगर, जिल्ला प्रशासन कार्यालय, खाद्य गुणस्तर तथा नापतौल, उपभोक्ता मञ्च, पत्रकार लगायतकाे सहभागीता रहेकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाेखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।