कृष्ण अन्जान । गुणस्तरीय शिक्षा सँगै सामाजिक उत्तरदायित्व वहन गर्नमा पनि रेन्वाे ईङ्गलिस सेकेन्डरी वाेर्डिँग स्कुल उत्तिकै अव्वल छ ।
हरेक अप्ठ्याराेमा रहेका अभिभावक ,विध्यार्थिका साथै समुदायका विपन्न तथा पिडित पक्षलाई विध्यालयले पटक पटक सहयाेग गर्ने कार्यलाई निरन्तर जारी राखेकाे छ ।
यसै सन्दर्भमा स्कुलको बर्थडे फण्डबाट महान चाड विजया दशमी काे पुर्व सन्ध्या विध्यालयले विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ । दसैँ आउनै लाग्दा कसरी दसैं मनाउने भनेर पिराेलिई रहेका विपन्न परिवारकाे चुल्हाे बालेर हातमुख जाेर्ने वातावरण विध्यालयले मिलाई दिएकाे छ ।
स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले आफ्नो जन्मदिनको अवसरमा अतिरिक्त खर्च कटौती गरी, खडा गरेको वर्थ डे फण्ड बाट स्कुलको सेरोफेरोमा रहेका ४ जना विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलका प्रिन्सीपल योजन खत्रीले जानकारी दिए ।
वोध्यालयले चामल प्रति परिवार २ बाेरा दाल ५ किलो चिनी २ किलो, नुन ४ किलो, चियापत्ति १ प्याकेट, चाउचाउ १ प्याकेट, खानेतेल २ लिटर सहयोग उपलब्ध गराईएकाे छ ।
रुरुक्षेत्र गाउँपालिका वडा न ४ काे बलेटक्सारमा सन्चालित रेन्वाे ईँङ्गलिस वाेर्डिँग स्कुल याे क्षेत्रकाे शैक्षिक धराेहरकाे रुपमा स्थापित छ ।
थाेर्गा ,च्यूरेक ,बम्घा , श्रृङ्गा दिगाम हर्दिनेटा चौतारा लामाखर्क लगाएत क्षेत्रका विध्यार्थीहरुकाे आधुनिक र गुणस्तरीय शिक्षाकाे केन्द्र त याे स्कुल हाे नै सँगसँगै अतिरिक्त कृयाकलाप सँगै सामाजिक उत्तर दायित्व प्रति पनि स्कुल उत्तिकै जिम्मेवार देखिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology