Logo

२०८३, आश्विन ९गते


images
images

हलेदोबाट तेल निकाल्ने नेपालकै पहिलो उद्योग कच्चापदार्थ अभावले संकटमा

हलेदोबाट तेल निकाल्ने नेपालकै पहिलो उद्योग कच्चापदार्थ अभावले संकटमा

images
  • हलेदोबाट तेल निकाल्ने नेपालकै पहिलो उद्योग कच्चापदार्थ अभावले संकटमा
    images
    images

    राजेश पराजुली, लमजुङ । सुगन्धित तेल प्रशोधन गर्न लमजुङको सुन्दरबजारमा स्थापना भएको आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ । हलेदो (कच्चा पदार्थ) बाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलो हो । 

    images
    images
    images

    यस उद्योगले हलेदोलाई वाष्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दै आएको छ । 

    images
    images
    images

    हलेदोबाट तेल उत्पादन गर्न हलेदो पानीमा राखेर तताइन्छ जसको लागि हलेदोसंगै पानी र दाउराको पनि आवस्यकता पर्छ । दाउरा र पानीको सहज आपूर्ति भए पनि मुख्य कच्चा पदार्थ हलेदो नपाएका कारण उद्योग सकंट परेको हो । 

    images
    images
    images

    कच्चा सामग्री सरल र सुपथ मूल्यमा पाउने आशामा सञ्चलनमा ल्याइएको उद्योगलाई आवश्यक मात्रामा हलेदोको आपुर्ति हुन नसकेको आदेय उद्योगका संचालक परमेश्वर अधिकारीले बताए ।  उनले भने, ’पर्याप्त कच्चा पदार्थ उपलब्ध नहुँदा बाहिरबाट ढुवानी गरेर ल्याउदा महङ्गो पर्ने भएकाले उद्योगलाई राम्रोसँग सञ्चालन गर्न सकिएको छैन । 

    यो उद्योगबाट उत्पादन हुने तेलको बजार अमेरिकामा मात्र छ ।’ हालसम्म अन्य देशका बजारमा जोडिन पाएको छैन । यस उद्योगले भविष्यमा अर्गानिक बेसार (पाउडर) उत्पादन गरी यूरोपीयन र अमेरिकी कम्पनीमार्फत बिक्री बितरण गर्ने र देशभित्र पनि अनुशन्धान गरी विभिन्न औषधि उत्पादन गर्ने लक्ष्य लिएको संचालक अधिकारीले बताए । 

    जीविकोपार्जन, उद्यमशीलता विकासका क्षेत्रमा काम गर्दे आएको संस्था च्वाईस ह्युमेनेटियन नेपालले बाँझो जमिनको उपयोग गरी रोजगारीको बढाउन सकिने र आयआर्जनको अवसर वृद्धि हुने सुझाब दिएपछि, यो उद्योगको स्थापना भएको आदेय उद्योगका संचालक अधिकारीले बताए । उनले भने - "उत्पादनलाई बजारसँग जोड्दै गाउँघरमा आयआर्जनमा सहयोग पुर्याउनु उद्योगको प्रमुख उद्देश्य हो ।" 

    यो उद्योग ०७५ सालमा स्थापना भएको हो । ७० लाख रुपैयाँ लगानी भइसकेको अधिकारीले बताए । उद्योगमा वासिङ मेशिन, बोइलर मेशिन, डिस्टिलरी मेशिन, कटिङ मेशिन प्रयोग गरी हलेदोबाट तेल उत्पादन गरिन्छ । नेपालमा अन्य ठाउँमा विभिन्न किसिमका सुगन्धित तेल उत्पादन गर्ने उद्योग भए पनि हलेदोबाट तेल उत्पादन गर्ने आदेय पहिलो उद्योग भएको प्राविधिक सल्लाहाकार छवी काफ्लेले बताए ।

    वर्षभरी तेल उत्पादन गर्ने गरी कच्चा पदार्थ प्राप्त भएको अवस्थामा यो उद्योगले आठ सय लिटर तेल उत्पादन गर्न सक्छ । तीन सय टन हलेदोको खपत गर्न सक्छ । यसका लागि ५४ लाख रुपयाँको कच्चा पदार्थको आवश्यक पर्छ । 

    यो उद्योगलाई नियमित सञ्चाचालनका लागि हलेदो भण्डारण गर्नका लागि भविष्यमा एक चिस्यान केन्द्र निर्माण गर्नुपर्ने सञ्चालक अधिकारी बताउँछन्

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।