Logo

२०८३, आश्विन ९गते


images
images

'कोल्ड ड्रिंक्स' : डिप्रेसनदेखि क्यान्सरसम्म अनेकौं रोगको जग

'कोल्ड ड्रिंक्स' : डिप्रेसनदेखि क्यान्सरसम्म अनेकौं रोगको जग

images
  • 'कोल्ड ड्रिंक्स' : डिप्रेसनदेखि क्यान्सरसम्म अनेकौं रोगको जग
    images
    images

    राजेश पराजुली, पोखरा । दशैं नजिकियो, तपाईंको सपिङ लिष्ट पनि तयार भयो होला ! हैन त ? कि सपिङ गरिसक्नुभयो ?  अनि त्यो लिष्टमा कोल्ड ड्रिंक्स त पक्कै होला ! किनभने गर्मीको समयमा हामीलाई पानी र फ्रेस जुस भन्दा धेरै कोल्ड ड्रिंक्स पिउने बानी परिसकेको छ । 

    images
    images
    images

    यदी सपिङ गर्नुभएको छैन् भने तपाईंलाई एउटा सुझाँव छ– तपाईंको सपिङ लिष्ट बाट कोल्ड ड्रिंक्स हटाइदिनुहोस ।  नेपालमा पछिल्लो समयमा कोक, फेन्टा, स्प्राइट, ड्यु, फ्रुटी जस्ता अनेक प्रकारका कोल्ड ड्रिंक्सहरु बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । 

    images
    images
    images

    सफ्ट ड्रिंक्स भनिने यस्ता पेय पदार्थमा कहिले किरा भेटिने त कहिले सिल गरिएको बोटल भित्रै लेउँ भेटिएका समाचारहरु पनि नआएका होइनन् । यद्यपी यसको प्रयोग दिनप्रतिदिन बढीरहेको छ ।

    images
    images
    images

    चिकित्सकहरु भन्छन्– कोल्ड ड्रिंक्सको प्रयोगले क्यान्सरजस्ता रोग लाग्ने सम्भावना उच्च हुन्छ । त्यति मात्र होइन कोल्ड ड्रिंक्सले क्यान्सरबाहेक अन्य रोग समेत निम्त्याउँन सक्छ । अझ विषेश गरि बालबालीका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा यसले गम्भिर असर पार्ने चिकित्सकहरु बताउँछन् ।

    कोल्ड ड्रिंक्स बनाउदा अमोनियम कम्पाउन्डस, सल्फाइटस र चिनी मिलाएर मेथिलिमिडजोल बनाइन्छ । जसले फोक्सो र कलेजोको क्यान्सर हुन सक्छ । 

    कोल्ड ड्रिंक्समा चिनीको मात्रा अत्यधिक हुने भएकाले यस्ता पेय पदार्थ सेवन गर्दा डाइबिटिजको खतरा समेत हुन्छ ।

    यस्ता सफ्ट ड्रिंक्सहरुमा सोडाको प्रयोग गरिएको हुन्छ । सोडा व्यक्तिको स्वास्थ्यको लागि राम्रो होइन किनभने यसमा धेरै चिनी हुन्छ । धेरै सोडा उपभोग गर्नाले तौल बढ्ने, मधुमेह र हृदयाघात हुन सक्छ । 

    सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा धेरैजसो मानिसहरूले धेरै चिनीको सेवन गर्छन्, जसले स्वास्थ्य समस्या निम्त्याउन सक्छ । विज्ञहरूका अनुसार सोडा सेवन गर्ने मानिसमा डिप्रेसन हुने सम्भावना ३० प्रतिशत बढी हुन्छ भने डाइट सोडाले डिप्रेसनमा फस्ने सम्भावना २२ प्रतिशत बढी हुन्छ । 

    कोल्ड ड्रिंक्सले तपाईंको शरिरमा यस्ता असर पार्न सक्छ ।

    – पाचन प्रणालीमा समस्या ल्याउन सक्छ 
    – टाउको दुख्ने समस्या निम्त्याउन सक्छ
    – मुटुको चाल ढिलो हुन्छ 
    – बोसो बढाउछ
    – शरीरलाई झट्का दिन्छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोल्ड ड्रिंक्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।