Logo

२०८३, कार्तिक २६गते


images
images

इस्मा बजार अनुगमन: अधिकांश पसलमा म्याद गएका खाद्य सामग्री

इस्मा बजार अनुगमन: अधिकांश पसलमा म्याद गएका खाद्य सामग्री

images
  • इस्मा बजार अनुगमन: अधिकांश पसलमा म्याद गएका खाद्य सामग्री
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले गाउँपालिका भित्रका वडाहरुमा रहेका पसलहरुमा  अनुगमन सञ्चालन गरेको छ । उपभोक्ताकाे हितमा सचेत हुदै गाउँपालिकाले बजार अनुगमन सञ्चालन गरेको हाे ।गाउँपालिका पशु शाखा प्रमुख तुल्सी थापाको नेतृत्वमा गाउँपालिकाका अन्य कर्मचारी ,पत्रकार ,प्रहरी र नगरप्रहरिकाे समुहले गाउँपालिकाका ६ वटै वडामा बजार अनुगमन सञ्चालन गरेको हाे । 

    images
    images
    images

    बजार अनुगमनको क्रममा अधिकांश पसलहरुमा म्याद गएको सामान भेटिएको छ । र केही पसलहरुमा साईनबाेरड नभएको ,मुल्यसुचि नभएको ,व्यावसाय नविकरण नगरेको ,बिक्री गर्दा बिल नदिएको , खरिद बिल नभएको ,हाेटलमा सरसफाइ नगरेको र दर्ता नगरिकन व्यावसाय सञ्चालन गरेको पाईएकाे अनुगमन टाेलिका प्रमुख तुल्सी थापाले बताएका छन ।

    images
    images
    images

    पहिलो चरणमा सुझाव दिने र सचेतना जगाउने हिसाबले बजार अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता पार्बती कुवँरले बताईन । सबै व्यावसायिलाई सुझाव दिने र उपभोक्तालाई समेत सचेत गराउँने हिसाबले बजार अनुगमन अभियानका रुपमा अगाडि बढाईएकाे अनुगमन समिति संयाेजक समेत रहेकि उपाध्यक्ष कुवँरले जानकारी दिएकि छन ।

    images
    images

    व्यावसायिले कालाेबजारि गरेको जानकारी पाएमा गाउँपालिकामा खबर गरेमा त्यस्ता व्यावसायिलाई गाउँपालिकाले कानुनी कार्वाही गर्ने प्रमुख प्रशासकिय अधिकृत धनिस्वर पाैड्यालले बताए  ।

    गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बजार अनुगमनका क्रममा पहिलो चरणमा दिएको सुझाव पालन गरे वा नगरेको र सचेत भए वा नभएको अनुगमन टाेलिले यसलाई अगाडि बढाएको र सबै व्यावसायि र उपभोक्त सचेत बन्न उनले आग्रह गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इस्मा बजार अनुगमन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।