Logo

२०८३, कार्तिक २६गते


images
images

सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध स्थानीय फूल र माला जोड  

सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध स्थानीय फूल र माला जोड  

images
  • सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध स्थानीय फूल र माला जोड  
    images

    राजेश पराजुली , लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।  ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।


    स्थानीय उत्पादित बस्तु तथा सेवाको प्रवर्द्धन, विबिधिकरण तथा बजारिकरण र वातावरणीय प्रभाव न्युनिकरण गर्ने उदेश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाईएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए । तर, अति आवस्यक धार्मिक कार्यक्रममा भने प्रयोगमा छुट दिईने उनले बताए ।


    पालिकाले स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरि यसको बिक्रीवितरण तथा बजारीकरण गरी आयआर्जन बृद्वी र स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ ।


    पालिका अध्यक्ष गुरूङले असोज ९ गते सार्वजनिक सुचना जारी गर्दै निर्णय कार्यन्वयन गर्न सरोकारवाला सबैमा अपिल गरेका छन् । गाउँपालिकाको यस्तो निर्णयले फूल ब्यवसायमा लागेका कृषकहरू खुसी भएका छन् । पालिकाको वडा नम्बर ९ स्थित भालमचौर मृचे नमुना कृषि फार्ममा १० रोपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेति गरिएको छ । सो फार्मका प्रवर्द्धक नवीनराज कुईकेलले बाह्रै महिना उत्पादन हुनेगरि फूल खेति गरिएको बताए ।


    गत वर्षबाट सुरू गरिएको फूल खेतिले राम्रो बजार लिएको र माग पनि बढेको सो फार्मले बताएको छ । फार्मबाट यसवर्ष फूल तथा माला विक्री सुरू भैसकेको छ ।स्थानीय फूल र माला प्रयोग गरि खादाको आयात रोक्न सकेमा स्थानीय पुँजीको संचिति हुनुको साथै आयआर्जनमा टेवा पुग्ने विस्वास लिएको गाउँपालिका अध्यक्ष गुरूङले वताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।