Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

जेठ ५ गते बुधबार, भगवान श्री कृष्णको दर्शन गरी आजको राशिफल हेर्नुहोस

जेठ ५ गते बुधबार, भगवान श्री कृष्णको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • जेठ ५ गते बुधबार, भगवान श्री कृष्णको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

     ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ जेठ ५ गते बुधबार । तदनुसार १९ मे २०२१ । भगवान श्री कृष्णको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।

    images
    images
    images

    आजको पञ्चाङ्ग:

    images
    images
    images

    वि.सं. जेठ ०५, २०७८ । ई.सं. 19 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ बछलाथ्व । उत्तरायण । ग्रीष्म । बुधवार । वैशाख शुक्लपक्ष । तिथि - सप्तमी , ७:५४ बजे उप्रान्त अष्टमी । नक्षत्र - अश्लेषा , ११:३० बजे उप्रान्त मघा । योग - ध्रुव , २१:२१ बजे उप्रान्त व्याघात । करण - वणिज ७:५४ बजेदेखि भद्रा , १९:३७ बजे उप्रान्त कौलव । चन्द्रराशि - कर्कट । आनन्दादि योग - राक्षस । दिनमान ३३ घडी ५० पला । सूर्योदय ५:१५ । सूर्यास्त १८:४७ । 

    images
    images
    images

    आजको राशिफल:

    मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 

    मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुनेछ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुनेछ । मनोरञ्जनमा दिन व्यतित हुनेछ ।

    वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  

    आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहनेछ ।

    मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)  

    आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

    कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)

    मनमा असन्तोष बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । झुठ्ठा आरोप लाग्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।

    सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)

    स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट अधिक फाइदा हुने दिन रहेको छ ।

    कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  

    आफन्त तथा प्रियजन संग बिछोड । शारीरिक समस्याले मनमा चिन्ता । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।

    तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)

    कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

    वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  

    मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

    धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)

    सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । 

    मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 

    पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

    कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)

    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

    मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  

    आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् ।

    नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
    सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ 
    (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।