देवदह । देवदह नगर अस्पताल उद्धाटनको तयारी पूरा भएको छ । सोमबार घटस्थापनाको दिन नगर प्रमुख धुर्ब प्रसाद खरेलले अस्पतालको उद्घाटन गर्ने देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले बताए ।
बिहान ८ बजे अस्पताल उद्घाटन हुने अस्पतालको सम्पूर्ण तयारी पूरा भएको देवदह स्वास्थ्य चौकीका इन्चार्ज दिलेश्वर श्रेष्ठले बताए । सेतोमसीसंग कुरा गर्दै श्रेष्ठले छोटो समयमै सम्पूर्ण तयारी पूरा गरिएको र अस्पताल देवदहवासीलाई सेवा दिन तयार रहेको जानकारी दिए ।
सेतोमसीको टिम अस्पताल परिसरमा पुग्दा भोलि उद्घाटन हुने अस्पतालमा आवश्यक सजावटको काम चलिरहेको थियो ।
१० शैयाको नगर अस्पताललाई स्वास्थ्य विमा रिफर सेन्टरको रुपमा समेत संचालन गरिने नगर प्रमुख धुर्ब प्रसाद खरेलले बताएका छन् ।
देवदह प्रेस क्लबले रक्तदान गर्दै …
नगर अस्पताल उद्घाटनको सन्दर्भ पारेर भोलि नै देवदह प्रेस क्लबले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । नगर अस्पताल उद्घाटन जस्तो पवित्र कार्यमा देवदहका मिडियाकर्मीको साझा र सामाजिक संस्थाको रुपमा क्रियाशिल प्रेस क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको क्लबका सचिव निर्मल थापाले बताए ।
डेंङी रोगको व्यापक संक्रमण र त्यसबाट हुन गएको रक्त अभावलाई पुर्ती गर्न समेत रक्तदान अपरिहार्य भएको हुनाले मानवीय संवेदनता सहित सामाजिक दायित्व पूरा गर्ने प्रेस क्लबको प्रयासमा यहाँ क्रियाशिल अन्य १६ वटा संघसंस्थाको समेत सहयोग रहेको सचिव थापाले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology