Logo

२०८३, कार्तिक २७गते


images
images

कर्मचारी एशाेसियसनद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कर्मचारी एशाेसियसनद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

images
  • कर्मचारी एशाेसियसनद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
    images

    बुटवल । नेपाल नगरपालिका कर्मचारी एशाेसियसन इकाई बुटवलको आयोजनामा विजय दशमी, शुभ दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न साे कार्यक्रम बुटवल उपमहानगरकाे सभाहलमा नेपाल नगरपालिका कर्मचारी  एशाेसियसन इकाई समिति  बुटवलका अध्यक्ष अनिलकुमार माण्डव्यकाे अध्यक्षता तथा बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेकाे प्रमुख आतिथ्यता रहेकाे थियोे । 

    images
    images
    images

    संस्थाका सहसचिव राजकुमार श्रेष्ठको संचालनमा भएको साे कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी , संगठनका केन्द्रीय  महासचिव सितु प्रसाद श्रेष्ठ तथा  केन्द्रीय सदस्य द्वय ज्ञान प्रसाद अर्याल , ठगिश्वर पाेखरेल, पुर्व इकाई अध्यक्ष माधव बश्याल, विभिन्न वडाका वार्ड अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुकाे समुपस्थिती रहेको थियो । 

    images
    images
    images

     उक्त कार्यक्रम बाेल्दै प्रमुख अतिथी पाण्डेले चार्डपर्वहरुका महत्त्व उजागर गर्दै कर्मचारीहरु र जनप्रतिनिधिहरुका सुमधुर सम्बन्धले नै सम्बृद्ध बुटवलकाे आधारशिला तय  हुने हुदा  कर्मचारीहरु थप उत्साहित भएर  नगरबासीकाे सेवा प्रवाह लाग्न पर्ने भनाइ राखे । उनलेे अहिले बुटवल उपमहानगरपालिका  बिकासका आधारशिलाहरु तय गर्ने दिशामा अग्रसर रहेकाे बताए । 

    images
    images

    शुभकामना मन्तव्य राख्दै  प्रमुख प्रशासकीय अधिकृत  पन्थीले  वुटवलले विगतमा स्थापित गरेको शाखलाइ  निरन्तरता दिनकालागि  कर्मचारी र जनप्रतिनिधि वीच सहकार्य अनिवार्य रहेको वताए । 

    मन्तव्य राख्दै  संगठनका केन्द्रीय महासचिव श्रेष्ठले कर्मचारीहरुका सवालमा हुने निर्णय प्रकृयामा संगठनसंग आवश्यक समन्वय गर्न सुझाव दिएका थिए । 

    कार्यक्रममा सहभागीहरु लाई स्वागत मन्तव्य  इकाईका उपाध्यक्ष दिनेश काजी बज्राचार्यले राखेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।