Logo

२०८३, कार्तिक २७गते


images
images

देशै भरि बालेनकाे जादु चल्दै

देशै भरि बालेनकाे जादु चल्दै

images
  • सेतोमसी सहकर्मी
  • देशै भरि बालेनकाे जादु चल्दै
    images

    कृष्ण अन्जान ,दलदले नवलपुर । काठमाडौंका नगर प्रमुख बालेन शाह सँरचना भत्काउने कामकाे अनुशरण देशैभरिका स्थानीय निकाएले गर्न थालेका छन ।


    यसलाई शाहकाे कामकाे घाेषित समर्थन त लाेकप्रिय बन्ने  प्रयासकाे रुपमा अन्य नगरपालिका हरुले गरेपनि राज्यको सम्पत्ति अतिक्रमण गर्ने हरुका विरुद्ध आएकाे याे कदम स्वागत याेग्य छ ।


    यसैबीच पाल्पा जिल्लाकाे रामपुर नगरपालिकाले अतिक्रमित सँरचना हटाउने ३५ दिने सुचना प्रकाशित गरिरहँदा  नवपुरकाे देवचुली नगरपालिकाले पनि दलदले–मुण्डे सडक खण्ड अन्तर्गत सडक अधिकार क्षेत्र भित्र रहेका संरचना हटाई जग्गा खाली गर्न  ३५ दिने सूचना जारी गरेको खवर छ  ।

    देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञाप्तीमा याे कुरा  उल्लेख गरिएको छ ।

    गण्डकी प्रदेश, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको आर्थिक बर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अनुसार देवचुली नगरपालिका अन्तर्गत दलदले–कुम्सोत डबल लेन सडक निर्माण योजनाका लागि साढे दुई करोड रकम विनियोजित हुने भएकाले सडक अधिकार क्षेत्रभित्र रहेका संरचना हटाउन नगरपालिकाले निर्देशन गरेको हो । मुख्य सडक चौडा पारी आधुनिक शैलीमा निर्माण गर्न लागिएको हो ।


    सडकको मापदण्ड बमोजिम केन्द्र देखि दायाँ बायाँ १०/१० मिटर सडक क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचनाहरु ३५ दिन भित्र हटाउन घर तथा जग्गाधनीहरुमा अनुरोध गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।