पाल्पा । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंमा बनेका अवैध संरचना हटाउन थालेपछि देशैभरीका पालिकाहरूले त्यसको अनुसरण गर्न थालेका छन् । सोही क्रममा पाल्पाको रामपुर नगरपालिकाले ३५ दिने सुचना जारी गर्दै नगरभित्र सरकारी वा सार्वजनिक जग्गामा निर्माण गरिएका अवैध संरचना हटाउन आग्रह गरेकाे छ ।
रामपुर नगर कार्यपालिकाकाे बैठकले नगरपालिका भित्र राष्ट्रिय गाैरव, नगर गाैरव र वडा गाैरवका याेजना संचालन गर्दा अवराेध पुर्याउने अवैध संरचना हटाउने निर्णय गरेकाे थियाे ।
साेही निर्णय अनुसार २०७९ असाेज ७ गते शुक्रबार सुचना प्रकाशन गरि सुचना जारी भएकाे मितिले ३५ दिन भित्र संरचना हटाउन नगरपालिकाले अनुराेध गरेकाे छ ।
साथै ताेकिएकाे समयावधि भित्र संरचना नहटाए स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने जारी सुचनामा उल्लेख गरिएको छ ।
यसैबीच रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्र रहेका अबैध संरचना हटाएर नगरपालिकालाई सहयोग गर्न आग्रह गरे ।
सरकारी वा सार्वजनिक जग्गाको संरक्षण गर्ने र विभिन्न गौरवका योजना संचालन गराउने दायित्व स्थानीय सरकारकाे भएकाे भन्दै अवैध संरचना हटाउन लागिएकाे नगर प्रमुख थापाले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology