Logo

२०८३, कार्तिक २६गते


images
images

थारु कल्याणकारिणी सभा चितवनको आयोजनामा यमोसा उत्सव कार्यक्रम हुदै

थारु कल्याणकारिणी सभा चितवनको आयोजनामा यमोसा उत्सव कार्यक्रम हुदै

images
  • थारु कल्याणकारिणी सभा चितवनको आयोजनामा यमोसा उत्सव कार्यक्रम हुदै
    images

    राजेश पराजुली, चितवन । थारु संस्कृति जगेर्नाका लागि कालिका एफएम, कालिका एचडी तथा थारु कल्याणकारिणीसभा चितवनको आयोजनामा यमोसा उत्सव कार्यक्रम हुदैछ ।

    कालिका एफएम परिसरमा यमोसा उत्सव कार्यक्रम हुन लागेको हो । कालिका एफएमको २० औँ वार्षिकोत्सवका अवसरमा हुन लागेको यमोसा उत्सव कार्यक्रमले लोप हुने अवस्थामा पुगेको थारु संस्कृति जगेर्नामा सघाउने विश्वास लिइएको छ ।


    थारु समुदायले यमोसा पर्व दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा मनाउने गरिन्छ । कालिका एफएमका निर्देशक दिपक पौडेलले थारु समुदायको कला, संस्कृति उजागर गर्दै प्रर्वद्धन गर्न कार्यक्रम गर्न लागिएको बताए। कार्यक्रममा यमोसा मनाउने विधि, महत्वबारे समेत चर्चा हुने जानकारी दिए ।


    थारु समुदायका मौलिक नृत्यहरु समेत प्रस्तुत हुनेछन् । थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत यमोसा उत्सव कार्यक्रममा समावेश हुनेछन् । कार्यक्रम कालिका एफएम, कालिका एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ । थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले यमोसा पर्वबारे जानकारी गराउने उद्येश्यले यमोसा उत्सव कार्यक्रम गर्न लागिएको बताए । यमोसा पर्व दुई दिन मनाइन्छ । आज मछुवारी (माछा मार्ने) दिन र भोलि पितृको पूजा गरेर आफन्ती बोलाएर माछा, मासु लगायतका परिकारहरु खाने प्रचलन रहेको छ । यमोसा उत्सवमा चितवनका थारु समुदायका अगुवाहरु, जनप्रतिनिधि लगायतको सहभागिता रहनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # थारु संस्कृति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।