राजेश पराजुली, चितवन । आजदेखि राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा सुरु गर्दै छ । पठाओले आजदेखि अटो र बाइकमा राइड सेवा सुरु गर्न लागेको हो ।
स्थापना भएको चार वर्षपछि पठाओले उपत्यका बाहिर पहिलो पटक चितवनमा सेवा विस्तार गरेको हो ।राइड सेयरिङ प्लाटफर्ममा युवाहरुको आकर्षण उच्च रहेको पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले बताइन् । यात्रुलाई सहजता प्रदान गर्नु र पार्टटाइम काम गर्न चाहनेलाई अवसर सिर्जना गर्न मुख्य उदेश्य रहेको उनले बताइन् । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण बढेको उनको भनाई छ ।
पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर–७ कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने उनले जानकारी दिइन् ।
कम्पनीको बिमा अन्तर्गत हरेक यात्रामा एक लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध रहेको जनाइएको छ। पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको जनाइएको छ ।सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिने कम्पनीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology