Logo

२०८३, कार्तिक २७गते


images
images

थारु राष्ट्रिय मुक्ति माेर्चाकाे राष्ट्रिय सम्मेलन शुरु 

थारु राष्ट्रिय मुक्ति माेर्चाकाे राष्ट्रिय सम्मेलन शुरु 

images
  • थारु राष्ट्रिय मुक्ति माेर्चाकाे राष्ट्रिय सम्मेलन शुरु 
    images

    नवलपरासी । अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको प्रथम राष्ट्रिय सम्मेलन पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दिब्यनगरको एक गुम्बाको सभाहलमा शुरु भएको छ ।शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिं श्रीसले सम्मेलनको उद्घाटन गरे ।

    images
    images
    images

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता श्रीसले थारु समुदायको इतिहास प्रति राज्य उदाशिन भएको उल्लेख गर्दै आदिवासी जनजातिको अधिकारका लागि जुट्ने समय आएको बताए ।

    images
    images
    images

    सम्मेलनमा शुभकामना दिदै श्रीसले संसदीय ब्यवस्थाबाट थारु समुदायको मात्र नभई समग्र उत्पिडीत वर्गको मुक्ति सम्भव नहुने प्रष्ट पारे।

    images
    images

    जनता नै इतिहासको निर्माता भएको चर्चा गर्दै नेता श्रीसले संसदीय ब्यवस्थामा एक थान मन्त्री , उपराष्ट्रपति वा सभामुख भएर जातीय मुक्ति नहुने जानकारी दिए ।

    मजदुर किसानहरुलागयतका वर्ग समेत शोषणमा परेको बताउदै उहाँले नयाँ जनवादी क्रान्तिको आवश्यकता औल्याए ।

    श्रीसले थरुहट स्वायत प्रदेशको आवश्यकता रहेको जोड दिदै अहिलेको संघीयता नाम मात्रको भएको बताए  । 

    कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा प्रदेश सचिव छविलाल खरेलले मिटर ब्याजी तथा लघुबित्तबाट मजदुर किसानहरु बढी प्रताडित भएको चर्चा गर्दै सरकारले ती समस्या समाधान नगरे जनताको बीचबाट हल गर्ने चेतावनी दिए ।

    कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले कुनै पनि अन्यायको बिरुद्ध हुने संर्घषलाई संचारक्षेत्रबाट आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले जिल्लामा मिटर ब्याज र लघुबित्त पिडितको आन्दोलनलाई एकीकृत र संगठित रुपमा लैजानुपर्ने सुझाव दिए ।

    कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारीले मंहगी भष्ट्रचारी सुदखोरीका बिरुद्ध लागि परेको जानकारी दिए  ।

    कार्यक्रममा थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष मुन्द्रिका चौधरीले संबिधान बनाउने बेलामा नै आदिवासी जनजाति तथा अल्पसंख्यकहरु माथि धोका भएको उल्लेख गरदै  ऐतिहासिक रुपमै थारु मुक्ति मोर्चाले राष्ट्रिय सम्मेलन गरेको प्रति आफुलाई खुसी लागेको बताए ।

    कार्यक्रममा अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय कोषाध्यक्ष तथा मगर राष्ट्रिय 
    मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष भरत पुर्जा मगरले सबै उत्पिडित जातिहरुबीचको एकताको अपरिहार्यता रहेको बताए ।
    कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदी केन्द्रीय सल्लाहकार तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीलगायत बिभिन्न जनवर्गीय मोर्चा संगठनमा संयोजकहरुको आतिथ्यता थियो ।

    सम्मेलनले नयाँ केन्द्रीय समिति निर्वाचित गर्दै पश्चिम नवलपरासी घोषणा पत्र जारी गर्ने केन्द्रीय संयोजक कमल चौधरीले जानकारी दिए। कार्यक्रम अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका सहसंयोजक रामजी थारुको संचालन, केन्द्रीय सचिवालय सदस्य दुर्गा नारायण थारुको स्वागतमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।