गुल्मी । गुल्मीको मदाने पुर्कोटदेखि मालिका गङ्गरेसम्मको सडक कालोपत्रे गर्न १ अर्ब ७० करोड बजेट बिनियाेजन भएको छ । अर्थ मन्त्रालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सिफारिस अनुसार उक्त सडककलाई बजेट विनियोजन गरिएको जानकारी राष्ट्रिय योजना आयोगलाई गराएको छ ।
सडकको लागि बजेट बिनियोजन भएपछि नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले खुसी व्यक्त गरेका छन् । उनले कालोपत्रेका लागि माग भए अनुसार बजेट व्यवस्था गरिदिएकाेमा अर्थ मन्त्रालय,भाैतिक पूर्वधार मन्त्रालय र रास्ट्रिय याेजना आयोगको सचिवालयलाई धन्यवाद दिएका छन् ।
सेतोमसीसंग कुरा गर्दै पन्थीले आफुले माेटरबाटाे कालोपत्रेका लागि भाैतिक पुर्बधार तथा यातायात मन्त्रालयसंग १ अर्ब ८५ करोड रुपैयाँ माग गरेको र आफ्नो माग अनुसार बजेट विनियोजन भएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology