Logo

२०८३, कार्तिक २६गते


images
images

बेल्ट एण्ड रोड सम्बन्धी सेवा तथा व्यापार सहयोगसँग विशाल सञ्चित शक्ति

बेल्ट एण्ड रोड सम्बन्धी सेवा तथा व्यापार सहयोगसँग विशाल सञ्चित शक्ति

images
  • बेल्ट एण्ड रोड सम्बन्धी सेवा तथा व्यापार सहयोगसँग विशाल सञ्चित शक्ति
    images

    एजेन्सी । पेइचिङमा आयोजित सन् २०२० चीन अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो हालै सम्पन्न भएको छ। यस एक्स्पोमा भाग लिएका अनेकन् राष्ट्र तथा व्यवसायहरु बेल्ट एण्ड रोड सम्बन्धी तटवर्ती मुलुकहरू हुन्। हाल दश वर्षयता चीनको सेवा व्यापार औसत रूपमा प्रतिवर्ष ६.१ प्रतिशतले बढेको छ र यो वैश्विक औसत वृद्धि दरको दोब्बर हो। 

    images
    images
    images

    सेवा आयात निर्यातमा संलग्न रकमले लगातार आठ वर्षदेखि विश्वको दोस्रो स्थान लिँदै आएको छ र बेल्ट एण्ड रोड सम्बन्धी राष्ट्रहरुसँगको द्विपक्षीय व्यापार ३३ प्रतिशतले वृद्धि भएको छ। यस एक्स्पोमा भाग लिएका बेल्ट एण्ड रोड सम्बन्धी राष्ट्रका व्यक्तिहरुका अनुसार डिजिटलाइजेशनले विश्वव्यापी सेवा व्यापारको विकासको लागि अवसरहरू ल्याउने छ, र भविष्यमा थप क्षेत्रहरूमा चीनसँग सहयोग गर्ने अपेक्षा छ।   

    images
    images
    images


        यस एक्स्पोको संस्कृति तथा पर्यटन सेवा प्रदर्शनी क्षेत्रमा श्रीलङ्का लगायत बेल्ट एण्ड रोड सम्बन्धी राष्ट्रहरुले आ-आफ्ना विशेषतायुक्त सांस्कृतिक उत्पादन वस्तुहरू प्रदर्शन गर्दै यस एक्स्पोलाई अवसरको रुपमा लिँदै सांस्कृतिक व्यापारको आदानप्रदानलाई प्रवर्द्धन गरेका छन्। चीन श्रीलङ्का आर्थिक व्यापार सहयोग वाणिज्य च्याम्बरका अध्यक्ष चिरञ्जया युडुमुलागेका अनुसार श्रीलङ्का बेल्ट एण्ड रोडमा आबद्ध भएको कारण श्रीलङ्काका धेरै उत्पादन वस्तु चीनमा प्रवेश गरेका छन्। चीन मात्रै होइन श्रीलङ्काले बेल्ट एण्ड रोड सम्बन्धी अन्य राष्ट्रहरुसँग पनि व्यापार गर्नसक्छ।

    images
    images


       यस वर्षको अप्रिलसम्म चीनले १४९ राष्ट्र, ३२ अन्तर्राष्ट्रिय सँस्थासँग २०० भन्दा बढी बेल्ट एण्ड रोड सम्बन्धी सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेका छन्। बेल्ट एण्ड रोड निर्णय प्रस्ताव विचारधाराबाट अध्याससम्म परिणत भएको छ भने अवसर सिर्जना गरेबाट विश्वलाई फाइदा ल्याएको देखिन्छ। सन् २०१३ देखि २०२१ सम्म चीन र सम्बन्धी राष्ट्रहरुबीचको वार्षिक व्यापार मात्रा १० खर्ब ४० अर्बबाट १८ खर्ब अमेरिकी डलरसम्म बढाइएको छ। चीनको वाणिज्य मन्त्रालयको सेवा व्यापार विभागका पदाधिकारी चु क्वाङ याउका अनुसार चीन र बेल्ट एण्ड रोड सम्बन्धी तटवर्ती राष्ट्रबीचको सेवा व्यापार सहयोगको शक्तिशाली शक्तिबाट बेल्ट एण्ड रोड निर्णय प्रस्तावको सहपरामर्श, सहनिर्माण र साझेदारीको सिद्धान्त प्रतिबिम्बित भएको छ।
            

    विश्व व्यापार सँगठनले हाल(सेवा व्यापार ब्यारोमिटर) सार्वजनिक गरेअनुसार ग्लोबल सेवा व्यापार दोस्रो त्रैमासिक अवधिमा लगातार बढ्दै छ , पछिल्लो सूचकांक १०५.५ हो भने सेप्टेम्बर २०२१ को १०२.५ भन्दा स्पष्ट बढेको छ। हाल केही वर्षयता चीनले झन् बढी उच्च स्तरीय खुलापनले सेवा व्यापारको शक्तिलाई प्रेरित गर्दै आएको छ भने बेल्ट एण्ड रोडका अझ बढी राष्ट्रलाई चीनको विशाल बजारले अवसर दिएको छ। चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले यस एक्स्पोको अवसरमा आयोजना भएको चाइना इन्टरप्राइज ग्लोबलाइजेशन फोरममा व्यक्त गर्नुभएअनुसार चीनले उच्च स्तरीय खुलापन विशेष गरी (क्षेत्रीय व्यापक आर्थिक साझेदारी सम्झौता )लाई व्यवहारमा उतारेबाट क्षेत्रीय व्यापार तथा लागनीलाई प्रवर्द्धन गरिरहेको छ।


    चीनको सेवा व्यापार प्रदर्शन क्षेत्रको निर्माण सेवा उद्योगको नविन विकासको एक अभिव्यक्ति हो र यो क्षेत्रीय स्तरमा विस्तार गर्न र दोहोर्याउन लायक छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।