Logo

२०८३, आश्विन ११गते


images
images

डेँगु नियन्त्रणमा प्रभावकारी याेजना र कार्यक्रम ल्याउन सरकार चुकेकाे एमालेकाे ठहर 

डेँगु नियन्त्रणमा प्रभावकारी याेजना र कार्यक्रम ल्याउन सरकार चुकेकाे एमालेकाे ठहर 

images
  • डेँगु नियन्त्रणमा प्रभावकारी याेजना र कार्यक्रम ल्याउन सरकार चुकेकाे एमालेकाे ठहर 
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा (एमाले) ले देशव्यापी रूपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि जुन तहको योजना र कार्यक्रम ल्याउनुपर्थ्यो त्यस कार्यमा सरकार चुकेको भन्दै विरामीको उपचारमा सरकारी संयन्त्र असफल भएको जनाएको छ ।

    images
    images
    images

    पार्टीका सचिव, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक प्रेस विज्ञप्ति जारी गरी डेंगु रोग देशव्यापी फैलिएर उत्पन्न भएको स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

    images
    images
    images

    नेकपा (एमाले) ले डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परिक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी\गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधी सहज उपलब्ध गराउन राज्यसँग माग गरेको छ ।

    images
    images
    images

    विज्ञप्तिमा भनिएको छ– ‘२०७९ साउनदेखि देखापरेको डेंगु रोगबाट पछिल्लो तथ्याङ्कअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरूको संख्या योभन्दा निक्कै धेरै रहेको छ । डेंगुुबाट मृत्यु हुनेको संख्या २१ पुुगेको छ भने देशका ७५ जिल्लामा यो रोगको लक्षण फैलिएको छ ।’
    ‘राजधानी काठमाडौंमा डेंगु आम मानिसमा फैलिएको छ । आम जनसमुुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ । यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’

    विज्ञप्तिमा नेकपा (एमाले) का सांसदहरूले साउन महिनामै व्यवस्थापिका संसदमा ठोस योजना र कार्यक्रमसहित डेंगु रोगको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको उल्लेख गरिएको छ ।

    ‘स्वास्थ्य संस्थामा विरामीहरूका लागि बेड छैन । हजारौंको संख्यामा विरामीहरु स्वास्थ्य परिक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन् । स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण विरामीको उपचारमा समस्या उत्पन्न भएको छ । 

    सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ । फेरि पनि सरकार परिणामहीन भएको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    नेकपा (एमाले) ले विज्ञप्तिमार्फत पार्टीका तहगत कमिटी तथा जनसंगठन र पार्टी सदस्यहरूलाई डेंगु रोग नियन्त्रणमा योगदान गर्न आह्वान गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।