Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

जेठ ४ गते मंगलबार, श्री गणेशको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

जेठ ४ गते मंगलबार, श्री गणेशको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • जेठ ४ गते मंगलबार, श्री गणेशको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ जेठ ४ गते मंगलबार । तदनुसार १८ मे २०२१ । श्री गणेशको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।

    images
    images
    images

    पञ्चाङ्ग:

    images
    images
    images

    वि.सं. जेठ ०४, २०७८ । ई.सं. 18 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ बछलाथ्व । उत्तरायण । ग्रीष्म । मंगलवार । वैशाख शुक्लपक्ष । तिथि - षष्ठी , ८:०४ बजे उप्रान्त सप्तमी । नक्षत्र - तिष्य , ११:०२ बजे उप्रान्त अश्लेषा । योग - वृद्धि , २२:४४ बजे उप्रान्त ध्रुव । करण - तैतिल ८:०४ बजेदेखि गर , २०:०३ बजे उप्रान्त वव । चन्द्रराशि - कर्कट । आनन्दादि योग - प्रवर्द्ध । दिनमान ३३ घडी  ४८ पला । सूर्योदय ५:१५ । सूर्यास्त १८:४६ । गंङ्गोत्पति, गंङ्गासप्तमी । 

    images
    images
    images

    आजको राशिफल :

    मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    आँटेको काम पुरा हुनेछैन् । परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानी हुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

    वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    धन आर्जन गर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्ण सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेको छ ।

    मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।

    कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    स्वास्थ्य राम्रो रहनेछ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मिल्नेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ । 

    सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभ हुने दिन रहेको छ ।

    कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुन सक्ने दिन रहेको छ । मनमा अहंकार बढ्नाले दुराचारको भावना जाग्रित हुनेछ ।

    तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    मानसिक तथा शारीरिक समस्याले सताउनेछ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुरा काट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन ।

    वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    उत्तम वस्त्र प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फइदा हुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।

    धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउनेछ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ । 

    मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    धन लाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खान पाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।

    कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन । 

    मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहनेछ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुनेछ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

    नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
    सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ 
    (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।