Logo

२०८३, आश्विन ११गते


images
images

भानु नगरपालिकाको सेवा प्रवाह प्रविधिमैत्री बन्दै

भानु नगरपालिकाको सेवा प्रवाह प्रविधिमैत्री बन्दै

images
  • भानु नगरपालिकाको सेवा प्रवाह प्रविधिमैत्री बन्दै
    images
    images

    राजेश पराजुली, डुम्रे । तनहुँको भानु नगरपालिका प्रविधिमैत्री बन्दै गएको छ । नगरवासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले नगरपालिकाको सेवा प्रवाह प्रविधिमैत्री बनाउन थालिएको हो ।

    images
    images
    images

    नागरिकलाई सेवा, अवसर र पहुँचमा पुर्‍याउन दुईवर्षे परियोजनाको अवधारणासहित सहज सेवा उपलब्ध गराउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । 

    images
    images
    images

    नगर कार्यपालिकाको बैठकबाट स्वीकृत गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्ने परियोजना कार्यान्वयनमा जुटेको उनले बताए ।  

    images
    images
    images

    नागरिक र स्थानीय सरकारको सम्बन्धलाई प्रगाढ बनाउँदै विद्युतीय प्रणालीको प्रयोगले ‘डिजिटलाइजेसन’ गरी कार्यालयको सेवा प्रवाहलाई ‘पेपरलेस’ बनाउन लागिएको उनले बताए ।           

    विशेष गरी गर्भवतीलाई सहजरुपमा सेवा उपलब्ध गराउन मेडिकल मोबाइलको प्रयोगलाई प्राथमिकता दिएका छौँ । मेडिकल मोबाइलको प्रयोगबाट गर्भवती महिलाको नियमित परीक्षणको लागि सूचना प्रदान गर्ने तथा बिरामीलाई नगरको अनलाइन पोर्टलमार्फत सामुदायिक स्वास्थ्य स्वयं सेविका, गर्भवती, बिरामी स्वास्थ्यकर्मीसँग लिंक गराई सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

    संवेदनशील स्थान, पर्यटकीय क्षेत्र, प्रत्येक वडामा सिसिक्यामरा जडान गरिनेछ”, नगर प्रमुख त्रिपाठीले भने।
    सामुदायिक विद्यालयका लागि विद्यालय व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइने, प्रत्येक वडामा प्रविधिमैत्री नागरिक सहायता केन्द्र स्थापना गरिनेछ । 

    प्रत्येक किसानलाई नगरको छुट्टै कृषि एपसँग आबद्ध गराई आर्थिक विकासको लक्ष्य हासिल गरिनेछ ।
    कृषि सूचना, व्यवसायिक योजना निर्माण, अनुदान व्यवस्थापन, सेवा प्रदायक व्यवस्थापन, बिमा, किसान व्यवस्थापन, माटो स्वास्थ्यता तथा मल सिफारिस प्रणाली एवं कृषि प्रोफाइल निर्माणका लागि कृषि विकास तथा उत्पादन नियन्त्रण प्रणाली प्रत्येक किसानमा एपको प्रयोगमार्फत सेवा पुर्‍याइने उनले बताए ।

    समष्टिगतरुपमा नगरपालिकालाई पारदर्शी, जवाफदेही, स्थानीय सरकारको सुनिश्चितताको लागि प्रविधिमैत्री बनाउँदै घरमै बसेर मोबाइलबाट सेवा प्राप्त गर्न यो प्रणाली कार्यान्वयन गरी सुशासनको प्रत्याभूति गर्ने अवधारणा ल्याइएको नगर प्रमुख त्रिपाठीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भानु नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।