Logo

२०८३, आश्विन ९गते


images
images

टिच फर नेपालको इन्फो सेसन पोखरामा हुँदै

टिच फर नेपालको इन्फो सेसन पोखरामा हुँदै

images
  • टिच फर नेपालको इन्फो सेसन पोखरामा हुँदै
    images
    images

    राजेश पराजुली, पोखरा । नेपालमा सार्वजनिक शिक्षा सुधारमा कार्य गर्दै आएको टिच फर नेपालले आफ्नो कार्यसम्पादन तथा कार्यशैलिबारे जानकारी आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ  । असोजको ८ गते शनिबार पोखराको सिटी स्क्वायरमा एक कार्यक्रम आयोजना गरी टिच फर नेपालले आफ्नो फेलोसिप कार्यक्रमको बारेमा जानकारी गराउन साथै युवाहरुलाई सार्वजनिक शिक्षा सुधारको योजनामा जोड्नको लागि यो कार्यक्रम आयोजना गर्न लागिएको हो  । 

    images
    images
    images

    शिक्षामा थप सवलिकरण गर्न तथा स्नातक उत्तीर्ण युवालाई अवसर प्रदान गर्न टिच फर नेपाल यस्तै प्रकारको इन्फो सेसनको आयोजना गरेको बारे टिच फर नेपालका प्रतिनिधि एवं पुर्व फेलो रश्मी थापाले  बताइन्  ।

    images
    images
    images

    शिक्षाको महत्व रोजगारसम्म मात्र नभएर स्वरोजगार तथा समाजमा रुपान्तणमा प्रयोग हुनु पर्ने र युवाले यो अभियानमा हातेमालो गर्न आवश्यक रहेकाले टिच फर नेपालले यो कार्यक्रम आयोजना गरेको थापाले प्रष्ट पारिन । 

    images
    images
    images

    फेलोशिप, युवाहरूलाई नेतृत्व र शिक्षा प्रणालीको बुझाइ विकास गर्ने अवसर दिनको लागि डिजाइन गरिएको हो। फेलोशिप मार्फत, तपाईंले कक्षाकोठा र समुदायहरूलाई प्रभाव पार्नुहुनेछ, र परिवर्तनकारी समाज सिर्जना गर्न योगदान गर्नुहुनेछ ।

    टिच फर नेपालमा फेलोशिप कार्यक्रममा फारम भर्ने अवधारणा तथा त्यसका माध्यम र त्यो प्रति युवाको भूमिका बारेमा बिशेष प्रस्तुतिकरण गर्ने छ । 

    साथै उक्त फेलोशिप कार्यक्रमका पुर्व फेलोहरुले आफ्नो आफ्नो अनुभव प्रस्तुत गरेर युवालाई अभिप्रेरित गर्नेछन । 

    शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गरी शुरु भएको ‘टिच फर नेपाल’ अभियानले अहिले धेरै जसो दुर्गम क्षेत्रका विद्यालयमा सार्वजनिक शिक्षा सुधारका लागि प्रत्येक बर्ष बिभिन्न युवाहरुलाई तालिम दिई शिक्षणमा परिचालन गर्ने गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टिच फर नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।