Logo

२०८३, आश्विन ११गते


images
images

'राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संसद्को अपमान गरेको ठहर'

'राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संसद्को अपमान गरेको ठहर'

images
  • 'राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संसद्को अपमान गरेको ठहर'
    images
    images

    राजेश पराजुली, काठमाडौं । सत्ता गठबन्धन चार दलले राष्ट्रपतिको कदमले जननिर्वाचित संसद्को अवमूल्यन भएको ठहर गरेको छ।

    images
    images
    images

    नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय सीमा हिजो मध्यराति सकिएपछि आज बिहानै सत्ता गठबन्धन दलको बैठक बसेको थियो। बैठकले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक काम गरेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्ने बताएको थियो।विज्ञप्तिमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रमुखहरूको हस्ताक्षर छ। 

    images
    images
    images

    गठबन्धनभित्रको राष्ट्रिय जनमोर्चाको भने हस्ताक्षर छैन। जनमोर्चाकी एक मात्र प्रत्यक्ष निर्वाचित सांसद दुर्गा पौडेलले यसअघि प्रतिनिधि सभामै पनि विधेयकको विपक्षमा मतदान गरेकी थिइन्।

    images
    images
    images

    विज्ञप्तिमा भनिए अनुसार राष्ट्रपतिको यो कदमले नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता पाउने संवैधानिक हकबाट वञ्चित भएका छन्। 'अर्कोतर्फ संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ', विज्ञप्तिमा भनिएको छ।यस्तै गठबन्धनले राष्ट्रपतिको यो कदमविरुद्ध सचेत रहन पनि आह्वान गरेको छ। 

    विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपतिको यो कदमका विरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार जगतलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा यो बैठक आह्वान गर्दछ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नागरिकता विधेयक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।