सुमन महतारा, गुल्मी । सुरक्षित आप्रवासन कार्यक्रम (सामिले) ८ महिना देखि साउदीमा अलपत्र परेका रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का जगत बहादुर सुनारकाे उद्दार गरेको छ । श्रवण १५ गते उनकी श्रीमती सुनिता सुनारले सामि कार्यक्रमकाे कार्यालयमा गएर आफ्नाे श्रीमान ८ महिना देखि साउदीमा अलपत्र भएको र नेपाल ल्याईदिनु भन्दै निवेदन दिएकि थिईन ।
२ बर्षकाे राेजगारिकाे लागि साउदि गएका जगत २ वर्ष ८ महिना काम गरे । २ बर्ष काम गरेपछि जगतलाई अर्को काममा लगाउँने भनेर केही दिन छुट्टि दियो । छुट्टि लम्मिदै गयो तर जगतलाई कुनै काम दिने तर्फ कम्पनीले चासाे देखाएन । एकदिन-दुईदिन गर्दै महिना दिन बित्यो । तर काम लगाउँन कम्पनीले चासो देखाएन ।
कम्पनीले काम लगाउने र खाना बस्ने व्यावस्था गर्छु भनेर विस्वास दिलाए पनि काम नलगाएर अलपत्र पारेकाे उनै सुनारले बताए । ८ महिना बित्दासम्म काम नलगाएकाे र दुई बर्ष कमाएको पैसा खानामै ठिक्क भएको सुनारले गुनासो गरे । 'पटक पटक के काम लगा नभए घर जान दे' भनेर भन्दासम्म कम्पनी निरीह बनेको उनले भनाइ छ ।
सो सन्दर्भमा सेतोमसीसंग कुरा गर्दै रेसङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले वैदेशिक राेजगारिमा जानुपुर्ब सीप सिकेर राम्रोसँग बुझेर मात्र जानुपर्ने बताए । तर, जानी नजानी अफ्ट्यारोमा फसेका नागरिकको लागि भने पालिकाले सरकारी संयन्त्रको प्रयोग गरेर सहयोग गर्ने उनको भनाइ छ ।
यता सामि कार्यक्रम परामर्शकर्ता शिव भण्डारीले अलपत्र परेको निवेदन आउना साथ वैदेशिक राेजगार बिभागकाे सहयोगमा सुनारले काम गर्ने कम्पनीसंग समन्वय गरि उनलाई फिर्ता ल्याउँन सफल भएको बताएका छन ।
सामिले वैदेशिक राेजगारिमा जानू पहिला पनि विदेश जानेलाई परामर्श दिने गर्दछ । अहिले विदेश लैजानि भनेर ठगिएका सत्यवति गाउँपालिका गुल्मीकाका वीर बहादुर कामिकाे ३ लाख ५० हजार ठगिएको पैसाकाे बिषयमा पनि काम गरिरहेकाे उनै परामर्शकर्ता भण्डारीले बताए ।
उनले अहिले पनि ५ ओटा विदेश लैजान्छु भनेर ठगिएका निवेदन परेका छन । हालसम्म सामि कार्यक्रमले १२५० जनालाई परामर्श दिएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology