Logo

२०८३, आश्विन १२गते


images
images

चर्चित भारतीय हास्य कलाकार राजु श्रीवास्तवकाे निधन 

चर्चित भारतीय हास्य कलाकार राजु श्रीवास्तवकाे निधन 

images
  • चर्चित भारतीय हास्य कलाकार राजु श्रीवास्तवकाे निधन 
    images
    images

    एजेन्सी । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो ।

    images
    images
    images

    राजु लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । हृदयघात भएपछि उनलाई यहाँ ल्याइएको थियो । उनको विगत ४२ दिनदेखि यहाँ उपचार भइरहेको थियो ।

    images
    images
    images

    मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि एम्सका चिकित्सकको टोलीले राजुको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    तर, उनको स्वास्थ्यमा सुधार आएको थिएन । आखिर विगतदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवले आज संसार त्यागेका छन्। राजु श्रीवास्तवको निधनको खबर सार्वजनिक भएदेखि नै शोकको लहर छाएको छ । उनका फ्यानहरुले राजुप्रती श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    उनी १० अगस्ट बिहान कल्ट जिम, साउथ एक्स, दिल्लीमा कसरत गरिरहेका थिए। यसै क्रममा ट्रेडमिलमा दौडदै गर्दा उनको छातीमा पीडा भयो र उनी लडे । त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । राजुले सधैं आफ्नो फिटनेसको ख्याल राख्थे र उनी स्वस्थ थिए । जुलाई ३१ सम्म उनी लगातार शो गरिरहेका थिए । उनी थुप्रै शोहरु गर्ने तयारीमा समेत थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।