Logo

२०८३, आश्विन ११गते


images
images

'महाअभियोग प्रस्ताव समयमै टुङ्गो नलगाएर सिङ्गो न्यायलयको गरिमा घट्ने'

'महाअभियोग प्रस्ताव समयमै टुङ्गो नलगाएर सिङ्गो न्यायलयको गरिमा घट्ने'

images
  • 'महाअभियोग प्रस्ताव समयमै टुङ्गो नलगाएर सिङ्गो न्यायलयको गरिमा घट्ने'
    images
    images

    राजेश पराजुली, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्नु अनुचित भएको बताएका छन् । जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव समयमै टुङ्गो नलगाएर सिङ्गो न्यायलयको गरिमा घटाउने काम भएको बताए । 

    images
    images
    images

    उनले राजनीतिक दलहरुकै कारण न्यायलय विवादमा आएको भन्दै यो लोकतन्त्रका लागि नराम्रो पक्ष भएको बताए । “महाअभियोग लागेको प्रधानन्यायधिश म निर्दोश छु भन्दै सर्वोच्चमै काममै फर्किन्छु भन्छ, सरकार अदालत आउन नदिने तयारी गर्छ, यो कस्तो खालको कानुन होे”, तिमिल्सिनाले भने ।

    images
    images
    images

    अध्यक्ष तिमिल्सिनाले संसद्को कार्यकालका विषयमा दलहरुबीचको विवादले नागरिकमा नकारात्मक सन्देश गएको बताए । उनले निर्वाचन आयोगले तोकेको समयावधिमा दलहरुले आआफ्नो तर्क गर्नु उचित नहुने भन्दै एउटै संसद्का कोही सांसद कार्यकाल सकिएर निवर्तमान हुने र कोही बहाल वाला हुँ भन्दै झण्डा हल्लाएर हिड्नु जायज नहुने बताए ।

    images
    images
    images

    अर्को प्रसङ्गमा अध्यक्ष तिमिल्सिनाले निर्वाचन स्वच्छ, स्वन्तन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने बताउँदै निष्पक्ष र निर्भयका साथ हुने निर्वाचनबाट मात्रै लोकतन्त्रलाई संस्थागत गर्न सकिने बताए । 

    गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानको सफल कार्यान्वयन भएमात्र सङ्घीयता सफल हुने बताए । संविधानमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै यसको सफल कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए । 

    कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, संविधानसभा सदस्य विकास लम्साल, प्रतिनिधिसभा सदस्य पदम गिरीलगायतले सम्बोधन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महाअभियोग प्रस्ताव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।