राजेश पराजुली, पोखरा । लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवाको १६ औं बार्षिक साधारण सभा तथा आठौं अधिबेशनबाट निर्वाचित टिमलाई एक कार्यक्रमका विच पदस्यापन गरिएको छ । निवार्चन समितिका संयोजक राममणि अधिकारीले नव निर्वाचित अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगाएको टिमलाई पद तथा गोपनियताको सफत गराएका हुन् ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा गंगा कुमारी खनाल, सचिवमा केशवराज तिवारी कोषाध्यक्षमा बुद्धिसागर पौडेल, सह सचिवमा दिपकनाथ भण्डारी र सदस्यहरुमा मायादेवी सापकोटा, कृष्णप्रसाद तिमिल्सीना, मिना माया श्रेष्ठ, कृष्ण प्रसाद ओझा, कुशराज तिमिल्सीना, गौरीदेवी सापकोटा, गणेश प्रसाद ढकाल, कृष्ण प्रसाद सुवेदी, कृष्ण रिजाल र चन्द्रप्रकाश ढुुगाना रहेका छन ।
पदस्थापन समारोहमा बोल्दै डाडाकोनाक प्रहरीचौकीका प्रमुख प्रकाश दाहलले हामी बर्दी लगाएका प्रहरी हौ भने सामाजिक क्षेत्रमा लाग्ने अगुवाहरु बर्दी बिनाका प्रहरी भएकाले समाजमा सुसासन र जनतामा शान्ति सुरक्षाको प्रत्याभुति गराउनका लागि सहकार्यको खाचो रहेको बिचार राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा सुवेदीेले सामाजिक क्षेत्रमा लाग्ने जो कोहीले पनि स्थानिय सरकारलाई सहयोग गरि विकास निर्माणका काममा हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष मोती गिरी, माटेपानी सेवा केन्द्रकी अध्यक्ष मिरा आचार्य, निर्वाचन संयोजक राममणि अधिकारी, संचारकर्मी नवराज सपकोटा, निर्वतमान अध्यक्ष त्रिलोचन लामिछाने,पुर्व अध्यक्ष शेर बहादुर गुरुङ र ज्ञानेन्द्र बजगाई लगाएतले आ आफनो धारणा राखेका थिए ।
संस्थाका सचिव केशवराज तिवारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गंगा खनालले गरेकी थिईन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology