Logo

२०८३, कार्तिक २६गते


images
images

एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन   

एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन   

images
  • एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन   
    images

    राजेश पराजुली, काठमाण्डाै । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । 

    images
    images
    images

    संसदीय समितिको निर्देशनअनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन पत्राचार गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्वाचन आयोगलाई यसअघि प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउने गरी दलहरूलाई निर्देशन दिन आयोगलाई पत्राचार गरेको थियो ।

    images
    images
    images

    संविधानले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलले कम्तीमा एक तिहाइ महिला सदस्यको सङ्ख्या सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । तर त्यो सङ्ख्या प्रत्यक्षतर्फबाट गर्नुपर्ने भन्ने अनिवार्य छैन । महिला सांसद र नेताहरूले निरन्तर माग र दबाब गरेपछि त्यसबारे राष्ट्रिय सभा र राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रत्यक्षतर्फसमेत एक तिहाइ महिलाको उम्मेदवारी सुनिश्चित गर्न आग्रह गरेको थियो ।

    images
    images

    प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् भने प्रदेश सभामा तीन सय ३० क्षेत्र छन्

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।