Logo

२०८३, कार्तिक २६गते


images
images

एशियाली विकास बैंकले नेपाललाई झन्डै ९ अर्ब ऋण सहयोग गर्ने

एशियाली विकास बैंकले नेपाललाई झन्डै ९ अर्ब ऋण सहयोग गर्ने

images
  • एशियाली विकास बैंकले नेपाललाई झन्डै ९ अर्ब ऋण सहयोग गर्ने
    images

    राजेश पराजुली, काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले किसानको जीविकोपार्जनका लागि (सात करोड अमेरिकी डलर) करिब आठ अर्ब ८४ करोड रुपैयाँ  ऋण सहयोग स्वीकृत गरेको छ ।

    images
    images
    images

    यस सहयोगमा छ करोड डलर सहुलियतपूर्ण ऋण सहायता र बाँकी एक करोड डलर एसिया विकास कोषबाट अनुदान सहायता रहेको बैङ्कले जनाएको छ । 

    images
    images
    images

    उक्त सहयोग रकमले प्रदेश बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा सम्भावित खाद्य असुरक्षाको जोखिम कम गर्न तथा फलफूलको उत्पादन र उत्पादकत्व वृद्धि गर्न योगदान गर्ने सो बैङ्कले जनाएको छ ।

    images
    images

    यसबाट ३० हजार किसानले प्रत्यक्ष फाइदा लिनेछन् भने जलवायु परिवर्तनको असर सामना गर्ने गरी १० हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्नमा ऋणको प्रयोग गरिनेछ । 

    यसबाट किसान समूह र सहकारी संस्थाहरूलाई लागत साझेदारी गर्ने गरी अनुदान दिइनेछ ।

    सरकारले घोषणा गरेको फलफूल दशक (सन् २०१६–२०२६) कार्यान्वयन गरी पहाडी क्षेत्रको फलफूल खेतीलाई विस्तार गर्न सहयोग पुग्ने सो एडिबीले जनाएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशियाली विकास बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।