Logo

२०८३, कार्तिक २७गते


images
images

गुल्मीको वकेवा गाउँ : मात्र एउटा पक्की कुलो माग गरिरहेछ 

गुल्मीको वकेवा गाउँ : मात्र एउटा पक्की कुलो माग गरिरहेछ 

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीको वकेवा गाउँ : मात्र एउटा पक्की कुलो माग गरिरहेछ 
    images

    कृष्ण अन्जान, गुल्मी । मुस्किलले उन्निसदेखि बीस घर । कृषि मुख्य पेशा तर समस्या सिँचाइकाे ।
    कालिगण्डकी गाउँपालिका वडा नं. १ काे वकेवा टाेल भन्ने बित्तिकै पालिकाभित्रकाे दुर्गम टाेल भनेर बुझिन्छ ।

    images
    images
    images

    कालिगण्डकी करिडाेरबाट उत्तरतिर निस्केपछि पुग्न सकिने वकेवा कृषि पशुपालनमा निर्भर ठाउँ हाे ।

    images
    images
    images

    बारी कम र खेतै-खेत भएकाे याे गाउँमा गाउँदेखि पुर्वतिरकाे बडहरे खाेलाबाट कुलाे बनाएर ल्याएको पानीले सिँचाइ गरिन्छ तर पक्कि कुलाे नहुँदा याे टाेलका वासिन्दाले राम्रोसँग सिँचाइ गर्न पाउँदैनन् ।

    images
    images

    यहाँ आउने नेता, राजनीतिक दलका कार्यकर्ता, जन प्रतिनिधि कतिलाई भन्नसम्म भनियाे भेट हुँदा हुन्न कसैले भन्दैनन तर फर्केर कसैले हेर्दैन "वकेवाकी माया कुवँरले गुनासाे गरिन् । "हाम्लाई अरु केही चाहिन्न पक्कि कुलाे बनाईदिए हुन्छ" उनले आक्रोश सहितको आवाजमा उनले थपिन् ।

    "कुलाे त छ तर अप्ठ्याराे छ । पक्की कुलाे भए खेतीपाती राम्रो हुन्थ्यो । गाउँका सबैलाई सजिलो हुन्थ्यो । गाउँ छाडेर काेहि बाहिर जाने थिएनन्"  कुँवरले दु:ख सुनाईन् ।

    "बान्की मिलेका खेतका गरामा धान, मकै, तरकारी प्रशस्त हुन्छ तर त्यहि कुलाे व्यवस्थित नहुँदा गाउँ छाडेर हिँड्न मन लाग्छ" अर्की स्थानीय विमला कुँवर भन्छिन ।

    गाउँमा पशुपालन कृषिले जीवन धान्न सकिने प्रशस्त संभावना हुँदाहुँदै पनि वकेवा गाउँमा सिँचाइकाे स्थायी कुलाे नबन्दा समस्या छ ।

    बडहरे खाेलाे बाह्रैमास साेस्साउँदै उँधाे झर्छ । पानीकाे स्राेत पनि प्रशस्त छ । यदि पक्कि कुलाे भयाे भने वर्षभरि मौसमी र बेमौसमी तरकारी र अरु अन्नपात उत्पादन गर्न सकिने सँभावना वकेवा गाउँमा हुँदा हुँदै पनि पहुँचकाे अभाव र कसैकाे ध्यान त्यहाँ जान नसकेको देखिन्छ ।
    विकासका गफ हाँक्ने । मैले याे गरेँ उ गरेँ । मैले यहाँ-यहाँ बजेट पारे भन्दै फेरि नेताहरू निर्वाचनका लागि गाउँ फर्कँदै गर्दा वकेवा गाउँ मात्र एउटा पक्की कुलाे माग गरिरहेकाे प्रतिनिधि  गाउँ हाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मीको वकेवा गाउँ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।