Logo

२०८३, कार्तिक २७गते


images
images

आर्थिक बोझका केन्द्र बन्दै विपन्नता उन्मुलनकाे लागि स्थापित लघुवित्त संस्थाहरू

आर्थिक बोझका केन्द्र बन्दै विपन्नता उन्मुलनकाे लागि स्थापित लघुवित्त संस्थाहरू

images
  • सेतोमसी सहकर्मी
  • आर्थिक बोझका केन्द्र बन्दै विपन्नता उन्मुलनकाे लागि स्थापित लघुवित्त संस्थाहरू
    images

    कृष्ण अन्जान, बुटवल । लघुकर्जा कार्यक्रम मुख्यरुपले महिलाहरुलाई सँगठित गर्दै सामाजिक आर्थिक नैतिक र नेतृत्व विकासका लागि सचेतना जगाउँदै विनाधिताे कर्जाले महिलाहरुकाे अर्थिक सवलिकरणका लागि स्थापना भएकाे हाे ।

    images
    images
    images

    बंगलादेशका अर्थशास्त्री डा. युनुस माेहम्मदकाे ग्रामीण अर्थतन्त्रकाे सिद्धान्तकाे अधारमा बंगलादेशकाे ग्रामीण बैँककाे माेडलकाे आधारमा नेपालमा सरकारी र गैर सरकारी लघुवित्त सँस्थाहरु स्थापना भई महिलाहरुका माझमा आर्थिक काराेबार सन्चालन गरिरहेका छन ।

    images
    images
    images

    तर यिनै लघुवित्त संस्थाहरुकाे बिनाधिताे ऋणले  यतिबेला महिलाहरूका लागि थाल खाम कि भात खामकाे अवस्थामा पुर्याएकाे छ । डा. युनुस माेहम्मदले भनेका छन अनुशासन बिनाकाे कर्जा दान हाे र यतिबेला नेपालमा लघुवित्तकाे कर्जामा अनुशासन नभएपछि दान जस्तै भएकाे छ ।

    images
    images

    मुख्य रुपले लघुवित्त संस्थाहरुले परियाेजना निरिक्षण नगरिकनै टार्गेट मिट गर्ने नाममा अरु लघिवित्त सँस्थाहरुले बनाएका रेडिमेड महिला समुहमा अन्धाधुन्ध कर्जा लगानी गर्दा यस्ताे समस्या देखिएकाे छ ।

    गुल्मी जिल्लाका अधिकाँश गाउँहरुमा लघुवित्तकाे कार्यक्रम पुगेकाे छ तर विगत केही समयदेखि लघुकर्जाकाे मारले थिचिएर सयौँ सदस्यहरु पलायन हुँदा लघुवित्त सँस्थाकाे कर्जा जाेखिममा छ ।

    लघुवित्तका कर्मचारीहरु दिनभरि महिला समुहका सदस्यका घरमा धर्ना बसेपनि सदस्यहरु सम्पर्कमा नआउने र यहाँ सम्मकि केन्द्र बैठकका दिन सदस्यहरु घर छाडेर भाग्ने गरेकाले हैरान परेकाे एक लघुवित्तका कर्मचारीले बताए ।

    कर्जा लगानी गर्दा प्रतिष्पर्धा भएकाे र एउटै सदस्यलाई दर्जनौं लघुवित्तले अनियन्त्रित लगानी गरेपछि समूह सदस्य र लघुवित्त सँस्थाहरु समस्यामा परेका छन ।

    विपन्नता उन्मुलनकाे उद्देश्यले स्थापित लघुवित्त सँस्थाहरुकाे 'मल्टिडुप्लिकेशन'ले यतिबेला धेरै महिलाहरु गाउँ छाडेर पलायन मात्र भएका छैनन कि आर्थिक बाेझले गरिबी निवारण हाेईन कि गरिबीकाे आवरण ओढ्न बाध्य भएका छन ।

    पाए जति सँस्थामा बस्ने र पाएजति कर्जा लिएर घरखर्चमा लगाउने, महँगा माेबाईल त्यसै अनुसारकाे फैसन महिलाहरूलाई यहि कारणले लघुकर्जाले थिचेकाे छ ।

    तिर्नै पर्दैन कि झैँ गरेर जति मनलाग्याे र जतिवटा सँस्थाबाट लिएकाे कर्जा तिर्न नसकेपछि महिलाहरुमा भागाभागकाे अवस्था  सिर्जना भएकाे छ ।

    पछिल्लो चरणमा लघुकर्जा कार्यक्रम  प्रति वितृष्णा बढे सँगै आन्दोलनका कार्यक्रम भएका छन ।

    यसैक्रममा लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर मनोमानि तरीकाले रकम असुल गरेको भन्दै बुधबार  नवलपरासीमा विरोधर्याली निकालिएको छ ।

    लघुवित्त संस्थाहरुले लगाएको सामुहिक ऋण मिनाहा गर्नु पर्ने मागसहित नवलपरासीको बर्दघाट बजारमा प्लेकार्ड सहित नाराबाजी गर्दै विरोध र्याली  भएकाे हाे ।

    सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न भनि विना धितो दिने ऋणमा लघुवित्त वित्तीय संस्थाहरू नवशामन्तीका रुपमा स्थापीत हुन लागेको भन्दै उनीहरुले सरकारसंग खारेजीको माग समेत गरेका छन ।

    लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिकी बर्दघाट नगर संयोजक धनमाया तामाङ्गको नेतृत्वमा बस पार्कवाट शुरुभएको उक्त विरोध र्याली बर्दघाट बजारमा पुगेर कोण सभामा परिणत भै समापन भएको थियो ।

    गतवर्ष  गुल्मी जिल्लामा लघुवित्त विराेधि प्रदर्शन भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुवित्त संस्था
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।