ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ जेठ ३ गते सोमबार । तदनुसार १७ मे २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।
पञ्चाङ्ग:
वि.सं. जेठ ०३, २०७८ । ई.सं. 17 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ बछलाथ्व । उत्तरायण । ग्रीष्म । सोमवार । वैशाख शुक्लपक्ष । तिथि - पञ्चमी , ७:४३ बजे उप्रान्त षष्ठी । नक्षत्र - पुनर्वशु , १०:०४ बजे उप्रान्त तिष्य । योग - गण्ड , २३:४४ बजे उप्रान्त वृद्धि । करण - वालव ७:४३ बजेदेखि कौलव , १९:५७ बजे उप्रान्त वणिज । चन्द्रराशि - कर्कट । आनन्दादि योग - धुम्र । मदन–आश्रित स्मृति दिवस । विश्व उच्च रक्तचाप दिवस । विश्व दूरसञ्चार दिवस ।
आजको राशिफल
मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)
मनसिक सन्तोष मिल्नेछ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउने छ । धन आर्जनको अवसर मिल्नेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । व्यवसायीहरुका लागि आजको दिन फलदायी रहेकोछ । अध्ययन राम्रो रहला ।
कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
प्रियजन संग बिछोड । शारीरिक समस्याले मनमा चिन्ता बढ्नेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट पूर्ण सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा देखिएको वायुविकार जन्य समस्या ठीक हुनेछ । पठनपाठमा मन जानेछ ।
धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवार तथा इष्टमित्र हरुबाट पूर्ण सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण र सुखद होला । मन प्रसन्न रहनेछ । धन तथा सामान प्राप्त हुने दिन रहेको छ । व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुने योग छ । विद्यार्थीहरुका लागि आजको दिन पूर्ण फलदायी हुने छ । मनोरञ्जनमा दिन व्यतित हुनेछ ।
नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२
(प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology