Logo

२०८३, आश्विन ११गते


images
images

नगरपालिका कर्मचारी एशोसियसनको महाधिवेशन सम्पन्न, अध्यक्षमा रोगु र महासचिवमा श्रेष्ठ चयन

नगरपालिका कर्मचारी एशोसियसनको महाधिवेशन सम्पन्न, अध्यक्षमा रोगु र महासचिवमा श्रेष्ठ चयन

images
  • नगरपालिका कर्मचारी एशोसियसनको महाधिवेशन सम्पन्न, अध्यक्षमा रोगु र महासचिवमा श्रेष्ठ चयन
    images
    images

    काठमाडौँ । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन २०७९ भाद्र २४ गते काठमाडौमा सम्पन्न भएको छ। महाधिवेसनबाट डम्बर रोगुलाई अध्यक्षमा चयन गरेको छ ।

    images
    images
    images

    जसको बरिष्ठ उपाध्यक्षमा बद्रीमान नगरकोटी, महिला उपाध्यक्षमा जमुना कुमारी भुजेल, महासचिव सितु प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा सानुमैया डंगोल, उप महासचिवमा चित्रबहादुर विश्वकर्मा तथा सह कोषाध्यक्षमा खगेन्द्र प्रसाद खतिवडा निर्वाचित रहेका छन्। 

    images
    images
    images

    त्यसैगरी १ नं प्रदेश अध्यक्षमा त्रिलोचन पौडेल, मधेश प्रदेश अध्यक्षमा अजय कुमार शर्मा, वागमती प्रदेश अध्यक्षमा निरन श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्षमा अरुण पौडेल, लुम्विनी प्रदेश अध्यक्षमा राजन कुमार केसी तथा सुदुरपश्चिम प्रदेश अध्यक्षमा लालमन तामाङ सर्वसम्मत चयन भएका छन् । 

    images
    images
    images

    साथै, केन्द्रिय सदस्यहरुमा निर्मला बस्नेत, निरन्जनकुमार क्षेत्री, ज्ञानप्रसाद अर्याल', ठगिश्वर पोखरेल. मधुसुधन घर्ती, बद्रीप्रसाद रिमाल, संजयकुमार ढुंगाना, सञ्जिवकुमार सिंह,  भिमबहादुर विश्वकर्मा, शुशिल कर्ण, अमर राय, ओमनाथ ढकाल, पदमराज श्रेष्ठ चयन भएको नवनिर्वाचित महासचिव सितुप्रसाद श्रेष्ठले जानकारी दिए ।

    महाधिवेशन आयोजक समितिका संयोजक राजकुमार थापाको अध्यक्षतामा सम्पन्न राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यन्जुबाट भएको थियो । 

    उद्घाटन समारोहमा विशिष्ट अतिथि संगठन पुर्व अध्यक्ष इन्द्र प्रसाद अधिकारी, पुर्व संयोजक श्रीराम आचार्य, पुर्व उपाध्यक्ष रुपेश बोडे श्रेष्ठ तथा सल्लाहकार त्रिलोचन पौडेल लगायतको उपस्थिती थियो । 

    सो अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल नगरपालिका संध अध्यक्ष अशोक व्यन्जुले स्थानीय तहहरुमा जनप्रतिनिधिहरु र कर्मचारीवीचको साझा प्रयत्नबाट मात्र सरकारका सेवा प्रवाह प्रभावकारी र नतिजामुखी बन्ने बताएका थिए ।

    सङघीय सरकारबाट संविधानत: स्थानीय तहलाई प्राप्त भएको अधिकार कटौती भएकाले यसलाई संस्थागत गर्न नेपाल नगरपालिका संघ र कर्मचारी एशोसिएसनबीच साझा अवधारणा बनाएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । 

     नवनियुक्त अध्यक्ष डम्बर रोगुले अफ्ना प्रतिवद्धता राख्दै एशोसिएसनलाई संस्थागत संरचनालाई विधान अनुसार पालिकास्तरमा विस्तार गरी एसोसिएसनलाई संगठानात्मक रुपमा सुदृढ गरी कर्मचारीहरुको बृत्ति विकास र सेवाको सुरक्षाको लागि साझा प्रयत्न हुने र नव गठित कार्य समितिका सवै पदाधिकारीहरुको सामुहिक उत्तरदायित्व र जिम्मेवारी सम्पादन प्रणालीको माध्यबाट संस्थाको नियमित गतिविधि सञ्चालन गरिने भनाइ व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।