Logo

२०८३, आश्विन ९गते


images
images

देवदहको सिक्टहन स्वास्थ्य चौकीमा भिडियो एक्स - रे सेवा सुरू

देवदहको सिक्टहन स्वास्थ्य चौकीमा भिडियो एक्स - रे सेवा सुरू

images
  • सेतोमसी सहकर्मी
  • देवदहको सिक्टहन स्वास्थ्य चौकीमा भिडियो एक्स - रे सेवा सुरू
    images
    images

    धुर्ब लामिछाने, देवदह । देवदहको सिक्टहन स्वास्थ्य चौकीमा भिडियो एक्स - रे सेवा सञ्चालनमा आएको छ। देवदह नगरपालिका वडा नं १२ ढोलबजवामा अवस्थित स्वास्थ्य चौकीमा भिडियो एक्स - रे सेवा सञ्चालनमा ल्याइएको हो। 

    images
    images
    images

    सोमबार देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले उक्त सेवाको उद्घाटन गर्दै यस क्षेत्रमा भिडियो एक्स रे सेवा निकै लाभदायी रहने बताइन्। सिक्टहन मै यस्तो सुविधा सञ्चालनमा आएपछि अब बिरामीले बुटवल, भैरहवा गएर उपचार गर्नुपर्ने समस्या को समाधान भएको उनले बताइन्। देवदह नगरपालिका अन्तर्गत वडा नं ११ र १२ विकासका हिसाबले अन्य वडा भन्दा पछि परेको बताउँदै गुरुङले आगामी दिनमा यस्तै विभिन्न सेवाहरु उपलब्ध हुने प्रष्ट पारिन्।

    images
    images
    images

    कार्यक्रममा बोल्दै वडा नं १२ का अध्यक्ष डेग बहादुर सारुले सिक्टहन स्वास्थ्य चौकीमा हरेक सेवा सुविधा उपलब्ध हुने बताए। विशेषत त यस क्षेत्रका महिला दिदी बहिनीहरूलाई यस सेवाले ठूलो फाइदा पुर्याउने बताए। साथै कुनै पनि समस्या भएमा स्वास्थ्य चौकीसम्म आउन गारो नमान्न समेत यस क्षेत्रका नागरिकहरुलाई आग्रह समेत गरे।  

    images
    images
    images

    सिक्टहन मा. वि.का प्र.अ  दुधनाथ कुँवर,समाजसेवी उदयराज केवट, स्वास्थ्य अधिकृत राम प्रसाद बस्याल लगायतले कार्यक्रममा आ–आफ्ना भनाई व्यक्त गरेका थिए।

    सो अबसरमा विशेषगरी गर्भवती महिला हरुलाई भिडियो एक्सरे गर्नका लागि टाढा जाने समस्यालाई समाधान गर्दै सिक्टहन स्वास्थ्य चौकीले सो सेवा सञ्चालनमा ल्याएको हो। सोमबार २० जना महिलाहरूको भिडियो एक्सरे समेत गरिएको थियो।

    भिडियो एक्स–रे मेसिन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको हो ।

    सो कार्यक्रममा सिक्टहन स्वास्थ्य चौकीमा
    अवकास प्राप्त कार्यालय सहयोगी रामदुलारे यादवलाई बिदाई गरिएको साथै सि अहेब कुल बहादुर खत्री क्षेत्रीलाई स्वागत समेत गरिएको थियो ।

    देवदह १२ का वडा अध्यक्ष डेग बहादुर सारुको अध्यक्षता, देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष उमा रानाको स्वागतमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।