धुर्ब लामिछाने, बुटवल । रुपन्देहीको बुटवलमा फिचर लेखनसम्बन्धी पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजकत्वमा तालिम सोमबारबाट तालिम सुरु भएको हो ।
तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण दिदैँ नेपाल पत्रकार
महासंघका पुर्व अध्यक्ष डा. सुरेश आचार्यले पत्रकारको लेखाइले समाजको दिशा निर्धारण गर्ने भएकाले पत्रकारिता पेशाको विशिष्ट भूमिका हुने बताए ।
तालिमको पुर्व प्रशिक्षार्थीसंग कुरा गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्थानीय स्तरमा रहेर पत्रकारीता गरिरहेका पत्रकारको क्षमता विकासमा सहजता होस भन्ने हेतुले तालिमको आयोजना गरिएको बताए ।
४ दिनसम्म चल्ने तालिममा रुपन्देहीमा रहेर विभिन्न मिडियामा आवद्ध रहेका २६ जना पत्रकार सहभागी रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology