Logo

२०८३, आश्विन ११गते


images
images

पपुवा न्यू गिनीमा शक्तिशाली भुकम्पमा परी ४ जनाको मृत्यु, दर्जनौ घाइते

पपुवा न्यू गिनीमा शक्तिशाली भुकम्पमा परी ४ जनाको मृत्यु, दर्जनौ घाइते

images
  • पपुवा न्यू गिनीमा शक्तिशाली भुकम्पमा परी ४ जनाको मृत्यु, दर्जनौ घाइते
    images
    images

    पोर्टमोरेस्वी- पूर्वी पपुवा न्यू गिनीमा आइतबार गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि कम्तिमा चार जनाको मृत्यु भएको छ ।  दर्जनौं बढी  घाइते भएका छन र  सम्पत्ति, आवश्यक पूर्वाधारमा क्षति पुगेको छ।

    images
    images
    images

    स्थानिय समय अनुसार बिहान करिब ९ः४५ बजे भूकम्पको धक्का पूर्वी पपुवा न्यु गिनी क्षेत्रको कैनान्तुबाट ६७ किलोमिटर पूर्व र 'ले' बाट ८० किलोमिटर उत्तर-पश्चिममा गएको थियो । यो क्षेत्र राजधानी पोर्ट मोरेस्बी बाट करिब ५०० किलोमिटर टाढा पर्छ । राजधानी, माउन्ट हागेन, वाबेग, सेपिक प्रोभिन्स लगायतका ठाउमा ठूलो धक्का महसुस गरिएको थियो । दुर्गम स्थानमा भुकम्प गएकाले क्षतिको पूर्ण विवरण तत्कालै खुल्न सकेको छैन ।

    images
    images
    images

    पपुवा न्यु गिनी सरकारले आधिकारिक मृत्युको संख्या सार्वजनिक गरेको छैन तर एसिया र प्रशान्तमा मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय (ओसिएचए) ले कम्तिमा चार जनाको मृत्यु र केहि घाइते भएको रिपोर्ट गरेको छ।

    images
    images
    images

    राई कोस्ट, माडाङमा पहिरोमा परी एक जनाको ज्यान गएको छ भने तीन जना वाउ, मोरोबेमा पुरिएर बसेको ओसिएचएको पपुवा न्यु गिनी विपद् व्यवस्थापन टोलीले जनाएको छ।

    क्षेत्रीय पावर ग्रिडमा क्षेती पुगेको कारण धेरै शहर र ग्रामीण क्षेत्र बिजुली छैन यस्तै इन्टरनेट केबल र क्षेत्रीय राजमार्गमा क्षति पुगेपनि विमानस्थल भने सञ्चालनमा रहेको छ । भुकम्पका केही घाइतेलाई तत्काल उपचारका लागि हेलिकोप्टरबाट अस्पताल लगिएको थियो ।

    पपुवा न्यू गिनीका बासिन्दाहरूले फुटेका सडकहरू, क्षतिग्रस्त भवनहरू र कारहरू, र सुपरमार्केट शेल्फहरूबाट खसेका वस्तुहरूका छविहरू र भिडियोहरू सोशल मिडियामा शेयर गरेका छन ।

    संयुक्त राष्ट्रसंघको प्रतिवेदनले संरचना र भग्नावशेषबाट मानिसहरु घाइते भएको र केही स्वास्थ्य केन्द्र, घर, ग्रामीण सडक र राजमार्गमा क्षति पुगेको उल्लेख गरेको छ ।

    प्रशान्त महासागरको "रिंग अफ फायर" मा बस्ने देशमा भूकम्पहरू सामान्य छन्, टेक्टोनिक प्लेटहरू बीचको घर्षणको कारण भूकम्पीय गतिविधिको लागि यो देश हटस्पट मानिन्छ । दैनिक नगन्य मात्रामा भुइचालो गैरहन्छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पपुवा न्यू गिनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।