कृष्ण अन्जान, रिडी । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले कार्यकर्ता प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ । सोही क्रमाम रुरुक्षेत्र गाउँपालिका वडा नं. १ वडा कमिटीले पार्टी कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै सो पार्टीका नेता कमलराज श्रेष्ठले कम्युनिस्ट क्रान्तिकाे सिद्धान्त पुँजीवादी दलालकाे जिम्मा लगाएर केही कम्युनिस्ट भनाउँदा पार्टीहरुले पदकाे भिख मागिरहेकाे बताएका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य समेत रहेका श्रेष्ठले कम्युनिस्ट पार्टीकाे नैतिकता, सिद्धान्त र गन्तव्य भुलेर कम्युनिस्टहरू बदनाम नहुने जिकिर गरे ।
सो क्रममा पार्टी नेताहरू हिमाल श्रेष्ठ, शेषनारायण पौडेल
लक्ष्मी पन्थ, कृष्ण ज्ञवाली, नवराज वि क, चिरन्जिवि ज्ञवाली लगायतले बोलेका थिए ।
साथै, शनिवार नै रुरुक्षेत्र गाउँ पालिका वडा नं. ४ र ५ मा समेत पार्टी प्रशिक्षण सम्पन्न भएको सो पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology