Logo

२०८३, आश्विन ११गते


images
images

भारतीय सिमा क्षेत्रका जिल्लाहरूमा बच्चा हराउने क्रम बढ्यो, सावधानी अपनाउन आग्रह

भारतीय सिमा क्षेत्रका जिल्लाहरूमा बच्चा हराउने क्रम बढ्यो, सावधानी अपनाउन आग्रह

images
  • भारतीय सिमा क्षेत्रका जिल्लाहरूमा बच्चा हराउने क्रम बढ्यो, सावधानी अपनाउन आग्रह
    प्रतीकात्मक तस्वीर
    images
    images

    बुटवल । एक हप्ताअघि पर्सा प्रहरीले वीरगञ्जको छपकैयाबाट तीनजना शंकास्पद महिलाहरुलाई पक्राउ गर्यो । बच्चा चोरी गरेको स्थानीयहरुको सूचनाको आधारमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२ छपकैयाबाट तीन जना अधबैंशे महिलालाई पक्राउ गरेपछि भारतीय सिमा क्षेत्रमा बच्चा चोरिगर्नेहरूको गिरोह नै सक्रिय रहेको विषयले सामाजिक संजालमा चर्चा पायो ।

    images
    images
    images

    पक्राउ पर्ने तीनैजना महिला भारतीय नागरिक हुन् । भारतको रक्सौलस्थित इस्लामपुर बस्दै आएका तीनै जना महिला ५० देखि ५५ वर्ष उमेर समूहका रहेको बताइएको छ । भारतमा बच्चा चोर्ने घटनाहरु बृद्धि भएको समाचार सामाजिक सञ्जालमा छ्यापछ्यापी भएपछि नेपालमा पनि भारतीय महिलाहरुले बच्चा चोर्न आएको हुन सक्ने आशंकामा छपकैयाबासीले पर्सा प्रहरीलाई सूचना दिएको थियो ।

    images
    images
    images

    सोही सूचनाको आधारमा उक्त महिलाहरुलाई हेर्दा शंकास्पद लागेपछि प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएको छ । स्थानीय उमेश साह कानुका अनुसार उक्त महिलाहरुले बच्चालाई ५० रुपैया दिएर फकाएर लैजान खोजेको अवस्थामा आफूले पक्राउ गरेको बताएका थिए ।

    images
    images
    images

    उक्त महिलाहरु घर–घरमा गएर पैसा माग्ने गरेको र अभिभावक पैसा लिन घरभित्र गएपछि उनीहरुको बच्चालाई लिएर भाग्न खोज्दा स्थानीयहरुले हल्ला गरेपछि आफूले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएको बताए ।  

    तर यता उक्त महिलाहरुको आफन्तले औंठीको व्यापार गर्ने महिलाहरुलाई बच्चा चोरीको आरोप लगाई पक्राउ गरिएको बताए । उनका आफन्तले भारतको नरकटियागन्ज घर भई छपकैयामा डेरा लिई बस्दै औंठीको व्यापार गर्दै आएको र आफूसँगै उक्त महिलाहरु औंठीको व्यापार गर्नुको साथै घर–घरमा गई राशीको औंठी, घोडाको नालको औंठी बेच्ने काम गर्दै आएको बताए ।

    यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले पनि ति महिलाहरु औंठी बेच्ने, झारफुकको नाममा दुई चार पैसा लिई जडिबुटी दिने, राशीको औठी दिने कामहरु गर्दै आएको अनुसन्धानबाट खुलेको जानकारी दिए । उनका अनुसार अहिलेसम्म उक्त महिलाहरुले कुनै बच्चा चोरेको घटना जानकारीमा नआएकोले बच्चा चोर नै हो भनेर भन्न नमिल्ने भन्दै उनको साथबाट झारफुकमा प्रयोग हुने केही जडिबुटी, माला, पत्थरका ओठी लगायतका सामानहरु बरामद भएको बताए ।

    अनुसन्धानको क्रममा उनीहरुले कुनै विरामी बच्चाहरुलाई झारफुक गर्ने, जडिबुटी दिने, राशीको औंठी हो भन्दै पत्थरको औंठी दिने र त्यसबाट १ सयदेखि २ सय रुपैयासम्म लिने गरेको पाइएको बताए । उनीहरु भारतको रक्सौलस्थित इस्लामपुरमा बस्दै आएपनि विगत तीन चार दिनदेखि वीरगञ्जको विभिन्न टोलहरुमा गई झारफुकको नाममा पैसा ठग्ने गरेको पाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

    उनका अनुसार उक्त महिलाहरुविरुद्ध कुनै किटानी जाहेरी पनि परेको छैन, बच्चा चोरी नै गरेको छ भन्ने प्रमाणित भएको छैन । बाहिरबाट आएकाले शंकास्पद लाग्नु स्वभाविक भएपनि कुनै बच्चा चोरी भएको घटना पनि जानकारीमा नआएको उनले बताए ।

    सोही प्रकृतिको घटना केहिदिन अघि कपिलवस्तुमा घट्यो । नवलपरासी र रुपन्देहीको बुटवल सहित आसपासका जिल्ला र क्षेत्रहरू मुख्यगरी भारतीय सिमासंग सिमाना जोडिएका क्षेत्रहरूमा बच्चा हराउने क्रम दिनानुदिन बढेपछि प्रशासनले कडाई गरेको छ भने स्थानीय सरकार र विद्यालयहरूले समेत विद्यार्थी र अभिभावकलाई सावधानी अपनाउन अनुरोध गरिरहेको छ ।

    सोही क्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले सावधानी अपनाउन विद्यालय प्रशासन, विद्यार्थी र अभिभावकलाई अनुरोध गरेका छन् । साथै शंकास्पद गतिविधि भएको लागेमा सम्बन्धित निकायमा खबर गर्न समेत प्रवक्ता डुम्रेले अनुरोध गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बच्चा अपहरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।