Logo

२०८३, कार्तिक २६गते


images
images

स्याङ्जा अर्जुनचौपारीकी पूर्णकला पौडेल बलेनीकै पानी पिउँथिन् 

स्याङ्जा अर्जुनचौपारीकी पूर्णकला पौडेल बलेनीकै पानी पिउँथिन् 

images
  • स्याङ्जा अर्जुनचौपारीकी पूर्णकला पौडेल बलेनीकै पानी पिउँथिन् 
    images

    राजेश पराजुली, स्याङ्जा । खिया लागेको टिनको छानो, ढुंगामाटोको घर । आँगनभरि झारैझार । झारले पिँध छोपिने गरी बलेनीमा ३ वटा गाग्री राखिएको छ । झट्ट हेर्दा जोकोहीलाई लाग्न सक्छ ती गाग्रीमा संकलित पानी पिउनका लागि होइन ।

    images
    images
    images

    उमेरले ८० वर्ष पुगेकी स्याङ्जाको अर्जुनचौपारी–५ काउरेकी पूर्णकला पौडेल बलेनीकै पानी पिउँछिन् । उनी घरमा एक्लै बस्छिन् । पानी लिन पनि मूलसम्म पुग्न सक्दिनन् । जसले गर्दा ७ वर्षदेखि बलेनीकै पानीको भर छ । 

    images
    images
    images

    ‘मूलबाट पानी बोकेर ल्याएर खान सक्दिनँ । आकाशबाट पानी परे बलेनीमा जम्मा गर्छु र त्यही खाने गरेकी छु,’ उनले भनिन्, ‘पानी नपरेका बेला छिमेकीसँग माग्ने गरेकी छु ।’

    images
    images

    अब भने उनले बलेनीमा संकलन गरिएको पानी पिउनुपर्ने अवस्था हटेको छ । घरमै सफा र शुद्ध पानी उपलब्ध हुने गरी धारा जोडिएको छ । 

    उनका ३ छोरी छन् । तीनैजनाको विवाह भइसकेको छ । १२ वर्षअघि श्रीमान्को मृत्यु भएपछि उनी घरमा एक्लै बस्दै आएकी थिइन् । उमेर, अशक्त र परिवारमा एक्लै रहेकी उनको अवस्थाबारे थाहा पाएपछि पालिकाले चासो लिएर उनको घरमा सामाजिक उत्तरदायित्व कोषबाट एकल महिलाको घरमा धारा जडान गरिदिएको हो ।

    जनप्रतिनिधिले पाउने तलब सुविधाको १० प्रतिशत संकलन गर्ने गरी स्थापना भएको सामाजिक उत्तरदायित्व कोषबाट धारा निर्माण गरिएको पालिकाले जनाएको छ । 

    यसबाहेक चिनी, दाल, साबुन, नुनलगायत दैनिक उपभोग्य सामग्री पनि सहयोग गरिएको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घरमै सफा र शुद्ध पानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।