कृष्ण अन्जाान, गुल्मी । पाल्पा जिल्ला रिब्दिकोट गाउँ पालिका वडा न ३ खस्यौली घर भएका साठी वर्षका मान बहादुर खडका यहि भदौ १७ गते देखि वेपत्ता भएकाे पारिवारिक श्राेतले जानकारी दिएकाे छ ।
उनी पाल्पा देखी श्रीधर गौतम को साथमा भारतका बिजयावडा जान हिडेकाेमा गोरखपुर देखी झाँसी सम्म ग्वालियर बरौनी मेलमा आएको र झाँसी देखि बिजयवाडा जानकाे लागि रेलकाे प्रतिक्षा गरिरहेका बेला सगैँ आएका साथी श्रीधर गौतम लाई म बाथरुम मा जान्छु भनी राति करिब आठ बजेर बीस जाँदा बाथरुमतिर लागेकाे बताईन्छ ।
मान बहादुर खडका धेरै समय सम्म नफर्केपछी साथमा आएका श्रीधर गौतमले मान बहादुर खड्का का छोरा शंकर खड्का र भारतकाे ऐेलुरमा रहेका अशोक कुवर लाई खबर गरेर जानकारी गराएका थिए । मानबहादुर खड्का विगत ४ बर्ष पहिले सम्म आन्ध्रप्रदेशको बिजयावाडामा कार्यरत रहेका थिए याे क्षेत्रकाे भाषाकाे कुनै समस्या पनि थिएन ।
रेल छुटेपछि उनी झाँसी, इटारसी, भोपाल जन्क्सनमा अलपत्र परेको हुनसक्ने आशँका उनका साथी हरुले गरेका छन वेपत्ता भएका मान बहादुर सँग भारतिय सिम पनि नभएकाले अप्ठ्याराेमा रहेकाे देखिएको छ ।
यदि कसैले उनलाई देखेमा गणेश ज्ञवाली 8125388785, दिपक कुवर 9502478071, नारायण शर्मा 9441886612 साथै प्रवासी नेपाली संघ भारतका जिम्मेवार सदस्यहरुलाइ जानकारी गराइदिनको लागि हामी सबैलाई
प्रवासी नेपाली संघ भारत
केन्द्रिय समिती सदस्य एबं
आन्द्रा तेलंगाना संयुक्त राज्य समिती
सचिव गणेश ज्ञवालीले आग्रह गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology