कृष्ण अन्जान, गुल्मी । नेपाली कांग्रेस केन्द्रीय समितिकाे निर्णय अनुसार भदौ १० गते देखि शुरु गरिएकाे 'जनताकाे साथमा काँग्रेस' अभियान शुक्रवार रुरुक्षेत्र वडा न २ ग्वादीमा विपि जयन्ती मनाउँदै शुरु भएकाे छ ।
कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले नेपालीकाे प्रजातान्त्रिक आन्दोलनमा विश्वेस्वर प्रसाद काेईरालाकाे याेगदान सबैभन्दा शिर्ष स्थानमा रहेकाे र नेपाली काँग्रेस सधै विपिकाे मार्गदर्शक सिद्धान्तमा अगाडी बढिरहेको बताए ।
रुरुक्षेत्र गाउँपालिका वडा न २ वडा कार्यसमितिका उपाध्यक्ष चन्द्र बहादुर रानाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य राजेन्द्र राणा क्षेत्रिय उपसचिव मधुसूदन ज्ञवालीले पनि आफ्ना धारणा राखेका थिए ।
नेपाली काँग्रेसकाे भदौ ५ गतेकाे परिपत्र अनुसार भाद्र २४ गते देशै भर विपि जयन्ती मनाउने ,जनताकाे साथमा काँग्रेस अभियानलाई जिल्ला कार्यसमिति र क्षेत्रिय कार्यसमितिले वडा र टाेलमा प्रभावकारी रुपले सन्चालन गर्ने र पार्टीलाई चुस्त दुरुस्त राख्न अभियानलाई शसक्त बनाउन यतिबेला वडा र टाेलमा कार्यक्रम सन्चालन भईरहेकाे नेपाली काँग्रेस क्षेत्र १ का क्षेत्रिय उपसचिव मधुसूदन ज्ञवालीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology