Logo

२०८३, कार्तिक २७गते


images
images

गाउँमा एफएम स्टेसन खाेलेर ग्रामीण  पत्रकारिता गर्दै सन्चारकर्मी युगराज वस्याल 

गाउँमा एफएम स्टेसन खाेलेर ग्रामीण  पत्रकारिता गर्दै सन्चारकर्मी युगराज वस्याल 

images
  • सेतोमसी सहकर्मी
  • गाउँमा एफएम स्टेसन खाेलेर ग्रामीण  पत्रकारिता गर्दै सन्चारकर्मी युगराज वस्याल 
    images

    कृष्ण अन्जान, गुल्मी । जीवन संभावनाकाे खाेजी हाे । यहि खाेजीमा गुल्मीकाे छत्रकाेटलाई  आफ्नो सन्चारक्षेत्रकाे थलाे बनाएका युगराज वस्यालले सँघर्षका १५ वर्ष पुरामात्र गरेका छैनन कि उनले सन्चालन गरेकाे रुरु एम एम यतिबेला गाउँघर सबैभन्दा बढि लाेकप्रिय रेडियाेकाे रुपमा स्थापित छ ।

    images
    images
    images

    रेडियो लुम्बिनीबाट रेडियाे पत्रकारितामा हाेमिएका वस्याल पाल्पाको रेडियाे मुक्तिनाथ हुँदै गुल्मीको श्रृँगामा आफ्नै रेडियो एकल लगानीमा शुरु गरेर रेडियो पत्रकारिता सँगै सन्चार उध्यमी बन्न सफल बनेका छन । ग्रामीण क्षेत्रमा रेडियो सन्चालन गर्दा हरेक कुराकाे कठिनताका माझमा उनी सफल सन्चारकर्मी मात्र बनेनन कि वास्तवमै रेडियाे सुन्ने सँस्कृतीकाे विकास समेत गरेका छन ।

    images
    images
    images

    "रुरुएफएम नसुनि त हुँदै हुन्न मैले त घण्टै पिच्छे रुरुएफएमकाे समाचार सुनेर देश विदेशका खवर थाहा पाउँछु" रुरुक्षेत्र ३ गौतमटाेलका कुलराज गौतमले भने । त्यसाे त रुरुक्षेत्र, छत्रकाेट, गुल्मी दरबार देखि पार गुल्मीकाे चन्द्रकाेट, सत्यवति, कालीगण्डकी, बाग्लुङ, पर्वत, अर्घाखाँची, पाल्पा स्याङ्जा लगायतका क्षेत्रमा रुरुएफएम सुन्न सकिन्छ ।

    images
    images

    "गाउँघरका समाचारलाई टपक्क टिपेर जस्ताकाे तस्तै बजाउँछ । देश विदेशका समाचार राजनैतिक गतिविधि, गीत सँगित सबै सुनाउँछ साँच्चै भन्नु पर्दा सन्चारका अन्य माध्यम नपुगेका रुरुएफएमले रेडियाे सुन्ने सँस्कार बसालेकाे छ" रुरुक्षेत्र ३ फल्लेखर्कका कृष्ण राज ज्ञवालीकाे भनाई छ ।

    सामुदायिक रेडियोबाट पत्रकारिता शुरु गरेका वस्यालले यतिबेला सन्चालन गरेकाे रेडियाे व्यवसायीक हाे तर रेडियो कार्यक्रम भने समुदायमा केन्द्रित छ । सरल भाषा शैलि र सबैका लागि आवाज बनेकाे याे रेडियाे बिहान ५ बजे खुलेदेखि बन्द नहुँदासम्म सुनिरहने श्राेताकाे सँख्या धेरै छ ।

    निष्पक्ष, समुदाय र जनकेन्द्रित पत्रकारितालाई आफ्नो उद्देश्य बनाएकाे रुरु एफएम ग्रामीण जनताकाे सुखदु:खकाे साथी भन्दा फरक पर्दैन ।

    जनताका खुसीसंग हाँस्ने र दुखसंग एकाकार हुँदै डेढदशक पूरा गर्दा याे एफएम यतिबेला आफ्नै सुविधा सम्पन्न भवनबाट सन्चालित छ ।

    "ग्रामीण पत्रकारिता मेरा लागि चुनौति थियाे तर आम श्राेताकाे माया सद्भाव र सदासयताले मलाई ग्रामीण क्षेत्रकाे पत्रकारितामा स्थापित गर्याे" वस्यालले भने ।

    लामाे समय पत्रकारितामा लागेका वस्याललाई रेडियोकाे व्यवस्थापनमा लाग्दा एकै छिन फुर्सद छैन तर यहि व्यस्तताका माझ उनी व्यवसायीक रेडियाे प्रसारक संघ बानका  लुम्बिनी प्रदेश अध्यक्षकाे रुपमा व्यवसायीक दिगाेपनका लागि कृयाशिल छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।