Logo

२०८३, आश्विन ९गते


images
images

युरोपमा "ग्यासको अभाव" को चिन्ता 

युरोपमा "ग्यासको अभाव" को चिन्ता 

images
  • युरोपमा "ग्यासको अभाव" को चिन्ता 
    images
    images

    एजेन्सी । समय अनुसार सेप्टेम्बर ५ तारिख, एयर कन्डिसनरको तापक्रम घटाउने र जाडोमा भित्री तताउने तापक्रमलाई १९ डिग्रीमा घटाउने लगायत आह्वान फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सेलीहरूलाई गरेका छन् । 

    images
    images
    images

    वर्तमान युरोपेली मुलुकहरू "ग्यासको अभाव" को चिन्तामा छन्। तर अझै ठूलो कठिनाइ अगाडि छ: रूसले हालै सार्वजनिक गर्यो कि- धेरै प्रतिबन्धमा समस्या देखा परेकाले गत वर्षमा युरोपलाई प्राकृतिक ग्यास पठाइएको "उत्तर स्ट्रिम-१" ग्यास पाइपलाइन पूर्ण रूपमा बन्द हुनेछ, जसबाट गत वर्ष युरोपलाई निर्यात रूसी प्राकृतिक ग्यासको ४० प्रतिशत थियो। खाद्यान्न, लुगाकपडा, आवास, यातायात र औद्योगिक उत्पादन यी सबै क्षेत्रमा युरोपेलीहरू तीतोपन भोगिरहेका छन्।

    images
    images
    images

    तर, अप्ठ्यारोमा परेका युरोपेलीहरूले के पत्ता लगाएका छन् भने एट्लान्टिकको अर्को छेउमा पर्ने आफ्नो संगाती अमेरिकाले केही पनि सहयोग गरेको छैन। हालै अमेरिकी ऊर्जा मन्त्री ग्रानहोमले धेरै अमेरिकी प्रमुख रिफाइनर कम्पनीहरूलाई दिएको चिठीमा भनिएको छः इन्धन निर्यात नबढाउने र निकट भविष्यमा ग्यास संचितिको बृद्धिमा ध्यान केन्द्रित गर्नुपर्छ। यसको निहितार्थ यस्तो हो कि युरोपले कम्तिमा आगामी छोटो समयमा अमेरिकामा भरोसा गर्ने सम्भावना छैन।

    images
    images
    images

    युरोपभरि फैलिएको यस ऊर्जा संकट मुख्यतया युरोपले अमेरिकाको पछि लागेको नतिजा हो। तर नतिजा स्वरूप, युरोपेलीहरूको दिमागमा के बुझिएको छ भने जबकि अमेरिकाले "दुई-मुखे र तीन-मुखे" को चाल कहिल्यै पनि रोकेको छैन।

    युरोपका लागि यस पटक आएको उर्जा संकट चिन्तन गर्नुपर्ने कुराहरू धेरै छन्। जसमध्ये एकातिर अमेरिकापछि पटक पटक लागिरहेको युरोप बारम्बार धोका पाइरहेको छ। युरोपेली राजनीतिज्ञहरूले होसियारीपूर्वक सोचविचार गर्नुपर्छ: भविष्यमा युरोपले कुन बाटो लिने भन्ने कुरा आफ्नै हितको लागि उत्तम हुन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एजेन्सी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।