Logo

२०८३, आश्विन ११गते


images
images

ओलीलाई फिल्म खेलाउने किरणको इच्छा, दशैंपछि औपचारिक प्रस्ताव राख्ने

ओलीलाई फिल्म खेलाउने किरणको इच्छा, दशैंपछि औपचारिक प्रस्ताव राख्ने

images
  • ओलीलाई फिल्म खेलाउने किरणको इच्छा, दशैंपछि औपचारिक प्रस्ताव राख्ने
    images
    images

    काठमाडौं । अभिनेता तथा निर्माता किरण केसी ‘रातामकै’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेलाउने तयारी गरेका छन् । स्क्रिप्ट लेखन सुरु भएको फिल्मको लागि ओलीलाई दशैंपछि औपचारिक प्रस्ताव गर्ने उनले बताए ।
    दुई दिनको लागि ओलीलाई फिल्म छायांकनमा समय माग्ने र पारिश्रमिक १० लाख रुपैयाँ दिने उन्ले बताए । ‘यो पारिश्रमिक दुई दिनको हो र मैले उहाँका चार–पाँचवटा दृश्य राख्न खोजेको हुँ,’ उनले भने ।

    images
    images
    images

    ‘दशैंपछि औपचारिक रुपमा उहाँलाई फिल्म खेलाउन प्रस्ताव गर्नेछु । उहाँले हुन्न भन्न पनि सक्नुहुन्छ, तर उहाँलाई जसरी भए पनि कन्भिन्स गर्छु,’ केसीले भने, ‘किनभने उहाँलाई हार्मोनियम र गितार बजाउन आउँछ । जोक्स पनि गर्नुहुन्छ । कलाकारमा हुने गुण सबै उहाँमा छ ।’

    images
    images
    images

    पूर्वप्रधानमन्त्रीलाई फिल्म खेलाएर विश्व रेकर्ड राख्ने आफ्नो तयारी रहेको पनि केसीले सुनाए । ‘वामदेव गौतम पनि नाच्नुहुन्छ । प्रचण्ड पनि नाच्ने मान्छे हो । नाच्ने नेताले फिल्म खेल्छन् भने म खेलाउन तयार छु । यो मेरो नितान्त व्यक्तिगत रुचि हो,’ उनले भने ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।